शनिबार, बैशाख १५, २०८१

प्रतिपक्षीदल काँग्रेसलाइ प्रम ओलीको प्रस्ताव: पुनःनिर्माण प्राधिकरणमा सहकार्य गरौ

काठमाडौ कात्तिक २२, प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको प्रमुख तीन दलको बैठकमा प्रधानमन्त्री  तीन दलओलीले संसद्मा विचाराधीन भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण विधेयकलगायतका विषयमा आफू सहकार्य गर्न तयार रहेको प्रस्ताव प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग राख्नुभएको छ ।  यसअघि आज बसेको व्यवस्थापिका संसदको बैठकमा काँग्रेसका कार्यवाहक सभापति समेत रहेका सासद रामचन्द्र पौडेलले भूकम्पपछिको पुनःनिर्माण विधेयक र मधेस आन्दोलन प्रति वर्तमान सरका उदासिन रहेको भन्दै सरकारको कडा आलोचना गर्नु भएको थियो ।

त्यस्तै तीनदलको बैठकमा भने प्रम ओलीको तर्फबाट आएको प्रस्तुत प्रस्ताव उपर प्रतिपक्षी नेपाली काँग्रेसका नेताहरुले आफ्ना दलको आन्तरिक छलफल पछिमात्र जवाफ दिने बताएका थिए । आजको  छलफलमा एमाले अध्यक्ष एवम प्रधानमन्त्री केपी ओली, काँग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रम शेरबहादुर देउवा , एमाओवादीका अध्यक्ष प्रचण्ड,काग्रेसका कावा सभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला र सरकार उपप्रधानमन्त्री भीम रावल र मन्त्री अग्निप्रसाद खरेलको उपस्थिती रहेको थियो ।