बिहिबार, चैत्र १५, २०८०

काँग्रेस संसदीय दलको बैठक बस्दै, संसद् बैठकमा कसरी प्रस्तुत हुँने भन्ने सवालमा छलफल गर्दै

 मधेसी मोर्चाले आजबाट व्यवस्थापिका संसद् बैठकमा भाग लिदै 

काठमाडौं कात्तिक २२, आज बस्ने व्यवस्थापिका संसद् बैठकमा भाग लिनु पूर्व प्रारम्भिक तयारी स्वरुप काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ। आजको nc flageबैठक मुलत तराई–मधेसको समस्या र भूकम्पपछिको पुन निर्माणका विषयमा छलफल गर्दै व्यवस्थापिका संसद् बैठकमा कसरी प्��स्तुत हुँने भन्ने सवालमा विशेष छलफल गर्ने तयारी काँग्रेसले गरेको बुझिएकोछ । 

त्यस्तै बैठकले व्यवस्थापिका संसद्को बैठकमा दर्ता भएको संविधान संशोधन प्रस्ताव तत्काल अघि बढाउन सरकारलाई दबाब दिदै तराई–मधेसको समस्या समाधान गर्न दवाव स्वरुपका रणनिती तय गर्ने तयारी गरेको बुझिएको छ। ब्यवस्थापिका संसदको बैठक आज  बिहान ११ बजे बस्दै  छ भने  आजको  बैठकमा भूकम्पपछिको पुनःनिर्माण सम्बन्धि विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।

यसैवीच  मधेसमा लामो समयदेखि आन्दोलित  संयुक्त  मधेसी मोर्चामा आवद्ध मधेसी दलहरु आजदेखि व्यवस्थापिका संसदमा फर्किने भएका छन् । आफ्ना मागबारे दवाव दिन उनीहरु उनीहरु संसदमा सहभागि हुन लागेका हुन ।  मधेसमा जारी आमहडताल, सीमामा नाकाबन्दीलगायत जारी आन्दोलनलाई संसद्बाट समेत बल पु-याउने उद्देश्यले संसद बैठकमा सहभागि हुन लागेको  मोर्चाले जनाएको छ।