शनिबार, बैशाख १५, २०८१

१३ औं महाधिवेशन फागुनमा गर्ने काँग्रेस पदाधिकारीको प्रस्ताव

काठमाडौ आश्विन १९, नेपाली काँग्रेसको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले पार्टीको १३औं महाधिवेशन आगामी फागुनको पहिलो सातामा गर्ने प्रस्ताव तयार गरी सो प्रस्ताव बुधबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने निर्णय गरेको छ ।

nc flageत्यस्तै बैठकले आगामी माघ महिनाभित्र पार्टीको क्षेत्र, जिल्ला र गाउँ अधिवेशन सम्पन्न गर्ने र फागुनमा महाधिवेशन गर्न प्रस्ताव गर्नुको अलावा नयाँ सरकार गठन लगायत विषयमा समेत अनौपचारिक विषयमा छलफल गरेको बुझिएको छ ।

काँग्रेसको विधानअनुसार महाधिवेशन गर्ने मिति यही आश्विन ५ गतेसम्म थप भएकामा नयाँ संविधानले गरेको व्यवस्था अनुसार थप छ महिनाका लागि वर्तमान नेतृत्वको कार्यकाल लम्बिएको हो ।