बिहिबार, बैशाख १३, २०८१

प्रमुख तीनदलको बैठक : सहमति, सहकार्य र एकतालाई निरन्तरता दिनु पर्नेमा जोड

अघोषित नाकाबन्दीका कारण दिनानुदिन समस्या जटिल

काठमाडौ आश्विन १८, प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा (एमाले) र एमाओवादीका शीर्ष नेताको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा 3 dallसंविधान जारी गर्दा तीन दलबीच देखिएको सहमति, सहकार्य र एकतालाई निरन्तरता दिदै सहमति मै आगामी सरकार बनाउने बारेमा छलफल भएको छ ।

त्यस्तै बैठकमा आन्दोलनरत मधेसी मोर्चासँग भएका वार्ताको समिक्षा एवम सीमानाकामा देखिएको अघोषित नाकाबन्दीका विषयमा समेत छलफल गर्दै तत्काल भारत सरकारद्दारा लगाइएको अघोषित नाकाबन्दी खुलाउन कूटनीतिक एवम् राजनीतिक तहमा छलफल भएको बुझिएको छ। न्ेपालीमा त्रको महान चाड दसै नगिचिदै गर्दाको अवस्थामा जारी अघोषित नाकाबन्दीका कारण दिनानुदिन समस्या जटिल बन्दै गएको र सोको समाधानका लागि प्रमुख तीन दल गम्भीर बनेको उल्लेख गर्दै प्राप्त समाचारमा भारत सरकारसँग उच्च तहसँग छलफल गर्दै छिटो भन्दा छिटो समस्या समाधान गर्नु पर्नेमा जोड दिइएको उल्लेख गरिएको छ ।

राष्ट्रिय सहमतिको विक्लप नभएको सर्वदलीय बैठकको निष्कर्ष : यसैवीच प्रधानमन्त्री निवास बालुवाटारमा आजै प्रम सुशील कोइरालाले बोलाउँनु भएको सर्वदलीय बैठकमा सहभागी दलका नेताले प्रमुख राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिका आधारमा नै अगाडि बढ्नुपर्ने सुझाव दिनुको अलावा संविधान जारी भएपछि मधेसमा जारी आन्दोलनलाई सम्बोधन गर्न र संविधानको सफल कार्यान्वयनका लागि पनि राष्ट्रिय सहमतिको सरकारको विकल्प नभएको निष्कर्षको पहिचान नेताहरुले बताएका छन ।