शुक्रबार, बैशाख १४, २०८१

दशैं, दशा र भारतमा रहेका नेपाली जनता

photo -गोबिन्द पोख्रेल

तिनको दम्भवादपूर्ण बकवास सुनेका प्रवासी नेपालीले रेलको टिकटै बनाएनन् । भारत प्रवासमा रहेका ९५ प्रतिशत नेपालीले अहिलेको दशैं हापेर भारतमै रावण जलाएको दशैं हेर्ने भनेर बसे । तर दशा भनेको त केवल ती नेपाली जनता जो मुलुक  विहिन भएर भारत प्रवासमा वाध्यात्मक रुखो जीवन यापन गरिरहेका छन । गरिबका लागी पनी दशा बनेर ओइरो लागेको दशैं पनी दशैं । अहिले हाम्रो मुलुकको  विधमान समस्या र घटनाक्रमका कारण नेपालीको महान चाड बडा दशैं आशाबाट निराशामा बदलिएकोछ ।

बर्षभरी काम गरेर नयाँ कपडा ल्याईदिने बाबा कहिले आउनु हुँन्छ होला कुन्नि, भनेर बाटो नियालिरहेका छोरा छोरीको बडा दशैं । ल यो पाली त दाजु भाउजु दिल्ली बम्बई कलकत्ताबाट घर आउने रे । यो पालीको दशैं रमाईलो हुने भो भनेर बाटो हेरीरहेका भाई बैनिको बडा दशैं । अहिले त दिदी भिनाजु टिका थाप्न चण्डिगढ पन्जाब लखनऊबाट आउने रे भान्जा भान्जी पनी ठुला भएका होलान । उनीसँग हजुर बा हजुर आमा र कान्छा बुबाको घरमा सबै जम्मा भएर टिका थापे पछि उनीहरुसँग खेल खेल्न खुबै मजा आउने होला भनेर आशा गरी बसेका साला सालीको बडा दशैं । अरब कमाउन गएका २ दिनमा घरमा आउछन तर मद्रास केरला ब्यांलोरमा भएका जेठा जेठीलाई घरमा आउन ४ दिन जति लाग्छ । पोहोरको बर्ष काम धेरै छ भन्थ्यो जेठोले यो पाली भने बुबा आमालाई सम्झेछ, टिका थाप्न ना–नातिना लिएर आउदैछन रे जेठा–जेठी पनी भनेर आशाको किरणमा बसेका बृद्ध ब’बा आमाको बडा दशैं ।

पुने महाराष्ट्रबाट परारको बर्ष आएर हजुर बा को चौरासीको पूजा सम्पन्न गराएर गयो नाति काईलो, सम्झदै हजुर आमाले पोहोर पनी आएको हो यो पाली पनी आउछ रे, हामी बुढेशकालमा कति भाग्यमानी रहेछौ । हाम्रो काईलो जस्तै होउन सबैका नाति । भन्दै प्रशंसा बाडिरहेर ठूलो आशामा बसेका हजुर बा हजुर आमाको बडा दशैं । तर सबैका लागी दशा बनेकोछ अहिलेको बडा दशैं । संबिधानले मधेशको सम्बोधन गर्न सकेन भनेर मधेशी दलले आगो बालिरहेका छन, त्यो पनी भारतको भूमिबाट । डर त्रासले रेलमा जाने नजाने भएपछि आशामा बसेका सबैको आशा पनी निराशामा बदलिने पक्का पक्कि नै भएको हो । जब दशैंमा भारतबाट नेपाल छिर्नेलाई सिद्धाउने भनेर कुर्लदै गर्दा तल माथी वर पर कतै नसोची हुँकार गर्दा लाजै नमानेका तथाकथित मधेशी नेताको कारण पनी अहिलेको दशैंमा आशाको किरण बोकेर बसेका छोरा–छोरी, भाई बैनी, साला साली, दिदि दाज’, भिनाज’ र भान्जा भान्जी , आमा बुबा, मामामाईज र हजुर बा हजुर आमाका लागी दशा नै बनेकोछ, अहिलेको दशैं ।  तिनको दम्भवादपूर्ण बकवास सुनेका प्रवासी नेपालीले रेलको टिकटै बनाएनन् । भारत प्रवासमा रहेका ९५ प्रतिशत नेपालीले अहिलेको दशैं हापेर भारतमै रावण जलाएको दशैं हेर्ने भनेर बसे । तर दशा भनेको त केवल ती नेपाली जनता जो मुलुक  विहिन भएर भारत प्रवासमा वाध्यात्मक रुखो जीवन यापन गरिरहेका छन । गरिबका लागी पनी दशा बनेर ओइरो लागेको दशैं पनी दशैं । अहिले हाम्रो मुलुकको  विधमान समस्या र घटनाक्रमका कारण नेपालीको महान चाड बडा दशैं आशाबाट निराशामा बदलिएकोछ ।

संबिधानको घोषणा सँग सँगै भित्रीएको धर्म निरपेक्षताले पनी धेरैलाई प्रभाव पारेकोछ । नेपाली जनताहरु धिक्कारी रहेकाछन र भन्दैछन, हिन्दूहरुको असंख्य भोटले जितेका सभासदहरुले जनमत संग्रहको कुरै गरेनन् । राजतन्त्र ब्यँतन्छ की भन्ने डरले भनेर भन्न लाज मानेनन् । जनमत संग्रह गराएर त हेर राजतन्त्र कहिले फर्कदै फर्कदैन तर हिन्दू राज्य बन्न कसैले रोक्न सक्दैन । अब के दशैं के क्रिस्मस, देशलाई विदेशीको इशारामा नचाउनेले क्रिसमस मनाईदिए भयो नि । किन चाहियो दशै तिहार रु  फेरी पनी हेरौ चित्त बुझाउने ठाऊ प्रशस्तै छ, समयले कोल्टे फेर्दैछ, र समय अझै छ, संशोधनको कुरामा पुगेर अड्किएकोछ, संशोधन हेर्दा हाम्रो देश कसो पो हिन्द’ राज्य नहोला र यसै आशामा बसेका नेपाली जनताको यो बर्षको दशैं । दशैंमा जहान परिवार खुशि र सुखि पार्न लिएको ऋण तिर्न नसकेर आत्म हत्याका अनगिन्ति घटनाहरु बेहोरेको हाम्रो मुलुकका नयाँ प्रधानमँत्रीका लागी त झन कति हो कति ठूलो र बडेमानको  बडा दशैं २०७२ सालको उपलक्ष्यमा हार्दिक मंगलमय शुभ–कामना हजुरलाई । दशैं ६०१ सभासदका लागी पनी ।

जता जे मन लाग्यो तेतै मनपरी बोल्ने, काज न काम सँग धर्म सापेक्ष राष्ट्रको वकालत गर्ने उपप्रधानमन्त्री मन्त्रि बन्न पुग्न भएका श्री………..ज्यूको पनी दशैं ।मुलुकलाई विखण्डनमा उभ्याएर भविश्यमा विभिन्न प्रान्तबाट मुख्यमन्त्री बन्ने ख्वाबमा रमाईरहेका भावी मुख्य मन्त्रीज्युहरुको पनी बडा दशैं । उपप्रधानमन्त्री बनाईदिए जे पनी ह’न्छ, त्यसपछी त थारुको छोरा हुँ भनुला वा मधेशी नेता मन लागे पहाडे पनी भन्न बेर लाउनेछैन । थारु पहाडे मधेशी उपत्याका हिमाले भनेर रडाको मच्चाउने नेताको पनी बडा दशैं । भारतको  नुनको सोझो गर्न गएका एक मधेश एक प्रदेशको राग अलाप्दा नथाकेका विगतको इतिहास हेर्दा क’नै प्रमुख राष्ट्रिय पार्टिमा जीवन नै सुम्पिएका तर अब आफ्नै मधेशी पार्टि जन्माएका ती महान मधेशी नेताको लागी पनी बडा दशैं । काजमा नेपाल भित्रिए काज सिद्धियो भने नेपालमा कमाएको अकुत सम्पति सहित भारत भित्रिने होलान त्यो पनी बाजा गाजा सहित, ति महान मधेशी नेताको पनी बडा दशैं ।  भूकम्पको कहरबाट उभो लाग्न नसकेका ती तमाम नेपालीहरु जसको सर्बस्व दैवले लुट्यो तिनिहरुको दशा भित्र घाउमा मल्हमको रुपमा क्षणिक खुसि बनेर भित्रिएको दशैं पनी दशैं । नयाँ नेपालको निर्माण र नेपाली जनताको चाहाना अनुरुपको काम गर्न अग्रसर पक्कै  हुँनुहुँनेछ र हुनुहोला । मधेशको समस्या निराकरण गर्न र ९६ प्रतिशत ओमकार परिवारको तथा ८४ प्रतिशत हिन्दूहरुको चाहाना अनुरुपको राजतन्त्र विनाको संबैधानिक धर्म सापेक्ष ‘हिन्द’ राष्ट्र नेपाल’ भनेर संबिधान संशोधन गर्ने शक्ति दुर्गा भवानीले नव गठित सरकारलाई प्रदान गरुन । शुभ–कामना । जय जन्मभूमी –जय मातृभूमी

लेखक: नेपाल हिन्दू राष्ट्र पुर्नस्थापना मञ्च भारतका महासचिव हुन ।