शनिबार, बैशाख ८, २०८१

सम्बन्धित अनि सरोकारवाला निकायको मौनता कारण मौलाउँदै कालाबजारी

pen-copy-gift-150x1502– रविना महर्जन

२०७२ साल आफैंमा अन्य सालभन्दा फरक रहेको कुरा जताततै सुनिएको छ।अधिकांस नेपालीले ०७२ साललाई खासै राम्रो वर्षका रुपमा लिएका छैनन् ।वैशाख १२,१३ अनि २९ मा गएको विनाशकारी महाभूकम्पले निम्त्याएको आर्थिक,भौतिक,अनि सांस्कृतिक मानवीय क्षति अझै पनि बिर्सन सकिएको छैन। यद्यपी त्यस्तै ०७२ सालकै आश्विन महिनाले राष्ट्रमा इतिहास रच्यो।वर्षौँ देखि कुरिएको संविधान देशले प्राप्त गर्यो।संविधान प्राप्त गरेको खुशी संगसंगै थप चुनौतीको सामना अहिले सम्म पनि देश अनि देशवासीले सामना गरिरहनुपरेको छ।मधेशकेन्द्रित दलहरुद्वारा जारी आन्दोलन अनि महिनौँ दिनदेखिको बन्दले खेप्नुपरेको सास्ती त छँदै छ,त्यसमाथी भारतद्वारा जारी गरिएको अघोषित नाकाबन्दीले सिंगो राष्ट्र प्रभावित बन्न पुगेको छ। तर पनि सरकार लाचार नै छ।२७ वर्ष अघि भारतद्वारा यसरी नै नाकाबन्दी गरिएको थियो अरे र आजको मिति सम्म आइपुग्दा पनि केही परिवर्तन गर्न नसक्नु लाजमर्दो कुरा साबित भएको छ।

नाकाबन्दी संगसंगै इन्धन आपूर्ति बन्द भयो। उद्योग कलकारखाना,होटल व्यवसाय,शैक्षिक क्षेत्र,यातायात आदिमा प्रत्यक्ष असर परिरहेको त छ नै,झन् बोनसको रुपमा कालोबजारी गर्नेहरु च्याउ उम्रे जस्तै गरि जताततै भेटिन थालिएका छन् । एकातिर देश अनि जनता समस्या भोग्दै छन् अर्कोतिर कालोबजारी गर्ने मौकाको फाइदा उठाउँदै गोजी भर्नमा व्यस्त छन् ।  रु १०४ प्रती लिटर पर्ने पेट्रोललाई रु ५०० देखि ६०० प्रती लिटर सम्म बेचिरहेका छन् । ३ कि. मी लामो पेट्रोलको लाइनमा बस्यो,रित्तो हात फर्किन परेपछि बाध्य भएर यस्ता दलालको फन्दामा दैनिक हजारौं सोझा जनता परिरहेका छन्।पेट्रोल बाँडिने पम्पले पनि व्यवस्थित ढंगले वितरण गर्न सकिरहेको छैन।आफन्तवाद अनि सोर्सफोर्स ले गर्दा चर्को घाम,चिसो रात सहेर बस्ने सर्वसाधारण मारमा पर्न गएका छ्न्।समयमा कार्यालय पुग्न पर्यो,बाइकमा पेट्रोल छैन,हिँडेर मुश्किल,सार्वजनिक सवारी सिट पाउन त परै जाओस् एउटा खुट्टा राख्ने ठाउँ सम्म पाउन धाउधाउ। थोरै पेट्रोलमा तार्पिन तेल मिसाएर चार गुणा भन्दा बढी मुल्य राखी कालो बजारी गर्ने हरु खुलेआम चोक चोकमा विज्ञापन गर्दै हिँडेका छन् ।सम्बन्धित निकाय अनि सरोकारवाला सब मौन छन् ।

होटल व्यवसायीको गुनासो पनि उस्तै छ।  १ हजार ४ सय  पर्ने ग्याँसलाई चार हजार तिरेर ल्याए अरे। रहर होइन बाध्यता तर कसले बुझ्ने यहाँ? ग्याँस स्टकमा भएर पनि लुकाइ चर्को मुल्यमा बेचिरहेका छन्। कालोबजारी भइरहेको देखे पनि हामी आफै मौन छौँ ।कोहि ढुक्कले बसेका छन् ,आफ्नो त घरमा ग्याँस छँदै छ,सोर्सफोर्स लगायो घरैमा पेट्रोल अनि डिजेल आइपुगिहाल्छ भन्दै। आफ्नै छिमेकमा मनपरी मुल्यमा पेट्रोल ,ग्याँसको बिक्री भइरहँदा पनि कानमा तेल हालेर बस्नेको कमि छैन यहाँ।  अपराध गर्नेभन्दा सहने बढी दोषी हुन्छन्,भनाइमा मात्र सिमित भएको छ अचेल। प्रहरी प्रशासनको काम हो भन्दै एक जिम्मेवार नागरिक भएर पछि हट्नु के न्यायोचित होला र?  फलानोले यो गरेन,देश बिगार्यो भन्दैभाषण  छाट्न आउने हामी चाहिँदो कुरामा बोल्न किन सधैँ पछि पर्छौँरुरुसमाजमा विकृतीको रुपमा बढ्दै गएको इन्धनको कालोबजारी गर्ने गिरोहको पर्दाफास गर्ने काम हामीबाटै सुरुवात गर्ने हो किरुजथाभावी भइरहेको यस्ता कालोबजारी देखेर पनि चुपचाप मुखदर्शक भएर हेरिबस्नु लाचारीपनको पराकाष्ठा नै हो जस्तो लाग्यो।परिवर्तन अरुबाट होइन आफै बाट अनि आफू बसेको समाजबाटै गर्ने हो भने यस्ता क्रियाकलाप विरुद्ध आवाज उठाउन अघि सरौं र एक जागरुक नागरिकको परिचय दिऔँ।

महर्जन -ज्ञानोदय उ.मा विका शिक्षक हुनुहन्छ ।
प्रतिक्रियाको लागि rabina369@gmail.com