शनिबार, बैशाख १५, २०८१

भारत सरकारद्दारा तीनवटा सीमा नाका बन्द

काठमाडौं आश्विन ५, भारतले आज बिहानदेखि महोत्तरी जिल्लाको तीनवटा सीमा नाका बन्द गरेको छ । भारत बिहारको सीमा सुरक्षा बल (एसएसबी)ले mahottari_district-190x250महोत्तरीको मुख्य भन्सार नाका भिठ्ठामोड, मटिहानी र सम्सीबाट भारत आवतजावत गर्ने सम्पूर्ण सवारी तथा मालबाहक गाडी प्रवेशमा रोक लगाएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

यस क्रममा सीमा सुरक्षा बल (एसएसबी)ले त्यस क्षेत्रमा मोटरसाइकल, साइकल, जिपलगायतका कुनै पनि साधन नेपालबाट भारत जान निषेध गरिएको जनाउँदै समाचारमा भारतको विहार राज्यमा सम्पन्न हुँन गईरहेको निर्वाचनको क्रममा नेपालतर्फबाट केही अवाञ्छित गतिविधि हुन सक्ने भन्दै महोत्तरीका तीनवटा सीमा नाकामा आजैदेखि सबै यातायातका साधन प्रवेशमा रोक लगाएको उल्लेख गरिएको छ ।