बुधबार, बैशाख १२, २०८१

रौतहतमा काँग्रेस एमालेको कार्यालयमा तोडफोड सभासद्को घरमा आगजनी

काठमाडौं आश्विन ३, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध प्रदर्शनकारीले आज नेकपा एमालेका सभासद् धर्मनाथ साहको मिर्चैैयास्थित घरमा तोडफोड गरेका छन् ।
download (2)प्राप्त समाचार उल्लेख भएअनुसार सभासद साहको घरमा आज दिउँसो मोर्चाका कार्यकर्ताले ढुङ्गामुढा प्रहार गरेका गरेको उल्लेख गरिएको छ । प्रस्तुत प्रदर्शनको नेतृत्व सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता उपेन्द्र यादवले गरेको र यादवकोनै नेतृत्वमा सदरमुकाममा आयोजित मौन जुलुसका सहभागीले सभासद् यादवको घरमा आगजनी गरेका् बताईएको छ ।

आगजनीबाट सभासद् यादवको घरको आगनमा राखिएको बिआर१एपी ३९४६ नम्बरको जिप, स१प ७९८० नम्बर र अर्र्को नम्बर खुल्न नसकेको मोटरसाइकल तथा प्रतीक्षालय पूर्णरुपमा नष्ट भएको समाचारमा उल्लेख गरिएको छ । यसैवीच मधेसी मोर्चाका कार्यकर्ताले आज रौतहटस्थित नेपाली काँग्रेस र एमालेको पार्टी कार्यालयमा तोडफोड सहित आगजनी गरेको थाहा भएको छ ।