शनिबार, बैशाख १५, २०८१

विद्यार्थीलाई शान्तिको देश नेपाल भनेर पढाउँ कि बन्द अनि हड्तालको देश भनेर ?

 pen-copy-gift-150x150-रविना महर्जन

  श्रावण ३२,   नेपाल बन्द,कार्यालय पनि बन्द भएका कारण चोक तिरको ताजा खबर के कस्तो रहेछ बुझ्न भनी हिँडेकी थिएँ म। त्यसक्रममा आँखा अगाडि मैले भिन्न भिन्न कुरा विश्लेषण गर्ने मौका पाएँ। बन्दकर्ता आफ्ना आफ्ना राजनैतिक स्वार्थका लागि नारा लगाउँदै तोडफोडमा व्यस्त थिए। रोडको एक छेउमा लगभग ८० वर्षकी वृद्धा हजुरआमा चर्को घाममा पसीना पुछ्दै लौरोको सहायतामा आफ्नो गन्तव्यतिर पुग्न बिस्तारै पाइला अगाडि बढाउँदै हुनुहुन्थ्यो। यदि यातायातका साधन चलेका भए ती वृद्ध महिलाले यस्तो अवस्था भोग्नुपर्थ्यो ?   विद्यालय गएर शिक्षा ग्रहण गर्नुपर्ने लाखौं विद्यार्थी खाली सडकमा खेल्न व्यस्त देखिन्थे। बन्दकर्ताले आफ्ना निजी स्वार्थका लागि बन्द त गराए,तर निर्दोष स्कुले विद्यार्थीले के अपराध गरेका थिए र,शिक्षा पाउने अधिकारबाटै वन्चित गराउन कलम समाएर लेख्नुपर्ने ठाउँमा बाटोमा जलाइएका टायर हेर्दै ताली पिट्दै रमाइरहेका बालबालिका देखेर मन खिन्न भयो।

प्रसव पिडाले छट्पटाइरहेका कयौँ महिला दिदीबहिनीहरुका आफन्त यता र उता सवारी उपलब्ध गराउन कुदिरहेका पनि देखिए।दिन भरी भारी बोकि साँझको एक छाकको जोहो गर्न दिनभरी घाममा कामका लागि कोहि बोलाउन आउला कि भनी कुरेर बस्ने भरिया दाइका निराश अनुहारपनि देखियो।अनि देश विकाशका लागि लाग्नुपर्ने युवाहरु चोक चोकमा जम्मा भएर जिन्दावाद मुर्दावाद भन्दै नारा लगाइरहेका त कोहि जम्मा भएर जुवातासमा मस्त भएका दृश्य पनि मेरा यी आँखाले देख्न भ्याए। अर्को तिर परिक्षा दिन हस्याङफस्याङ गर्दै परिक्षा केन्द्र तर्फ कुद्दै थिए परिक्षार्थी ।

उद्योग,बैंक ,कार्यालयहरु सबै बन्द !! अनि कहाँबाट हुन्छ देश विकाशरुरुदेशको कुनै कुनामा भूकम्पपिडित,पहिरोपिडीत राहतको बाटो कुरिरहेका छन् होला,सरकारलाई त्यतातिरको मतलब छैन।खाडी मुलुकमा रोजगारका लागि गएका अनि त्यहिँ मृत्यु भएका नेपालीका लास कुरिरहेका आमाका आँसु पुछ्नु जरुरी ठान्दैनन् हाम्रा नेताहरु!! लाखौं बालबालिका पढ्ने विद्यालय बन्द गराएर निकै ठूलो उपलब्धी हासिल गरेको सम्झने बन्दकर्तामा कहिले मानवियता जाग्ने हो? बेरोजगार युवाको मजबुरीका फाइदा उठाएर कहिले सम्म आन्दोलनमा सरिक गराउने हुन्रुरुगौतम बुद्धले दिएका शान्तिका सन्देश अनि पृथ्वीनारायण शाहले एकिकरण गरेको नेपाललाई किन टुक्र्याउन खोज्दै छन् ,सोझा जनता अनभिज्ञ छन् ।  खुल्ला अनि यति सुन्दर नेपाललाई बन्द भनी झ्याली पिट्नेहरुलाई देखेर बडा गज्ज्ब लाग्छ मलाई,अनि सोच्छु कि होइन हौ त्यत्रो नेपाल नै बन्द गर्न मिल्ने ढोका चाहिँ कता तिर बनाएछन् ?  दिक्क लाग्छ,यी बन्द हडताल अनि हिंसाका घटना दैनिक समाचारका रुपमा पढ्दा। पेसाले शिक्षक म आफ्ना हजारौं  विद्यार्थी भाइबहिनीलाई शान्तिको देश नेपाल भनेर पढाउँ कि बन्द अनि हड्तालको देश ?

 (महर्जन,ज्ञानोदय उमा विद्यालयका शिक्षक हुँनुहुन्छ)