शनिबार, बैशाख १५, २०८१

प्रमुख चार दलले संविधान लेखनको प्रक्रिया जारी राख्दै मधेसीवादी दलसंग वार्ता गर्ने

काठमाडौ भाद्र १३ , संविधान लेखन प्रक्रिया असन्तुष्ट मधेसीवादी दललाई वार्ताका लागि पठाएको पत्रको जवाफ आएपछि सो सम्बन्धमा आवश्यक निति तय गर्न भन्दै सत्तारुढ दल काँग्रेस,एमाले सहितका प्रमुख चार राजनीतिक दलले संविधान लेखनको जारी प्रक्रियाभित्रै असन्तुष्ट दलका माग पूरा गर्न सकिने भन्दै sushil-kp-prachanda-bijayaप्रक्रिया निरन्तर अघि बढाउने निष्कर्ष सहितको निष्कर्ष निकालेका हो ।  प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताको बैठकले संविधान लेखनको प्रक्रिया निरन्तर अघि बढाउनुका साथै वार्ताका लागि पनि सक्दो पहल गर्ने सहमति गरेको हो ।

त्यस्तै चार दलले संविधानसभा नियमावलीअनुसारको ७ दिन संशोधनको म्याद यथावत् राखेर सोही अवधिमा मधेसी मोर्चालाई वार्तामा बोलाउने बारेमा छलफल भएको जनाउ दिदै संविधान लेखन प्रक्रिया नरोकिने र असन्तुष्ट दलसंग संशोधनको अवधिभित्रै वार्तामा बस्ने निर्णय समेत गरेको बुझिएको छ । बैठकमा काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, एमालेका अध्यक्ष केपी शर्मा ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललगायतका शीर्ष नेताको सहभागिता थियो ।