शनिबार, बैशाख ८, २०८१

जारी आन्दोलन रोक्न मोर्चाले चारबुँदे माग सहित मुख खोल्यो

काठमाडौ  भाद्र १२,   संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारसँग वार्ताका लागि चारबुँदे सर्त अघि सार्दै वार्ताको लागि मुख खोलेको छ । यसअघि सरकारले imagesवार्ताको लागि पठाएको पत्रको प्रत्युत्तर दिदै सेना परिचालन तत्काल रोक्नुपर्नेमा माग सहितको ४ माग बुँदें प्रस्तुत गर्दै ४ माग बुँदें माग कार्यान्वयन भएमा आफूहरु सरकारसँग तुरुन्त वार्तामा बस्ने तयारी गरेको बुझिएको छ ।

मोर्चाले प्रस्तुत गरेका मागमध्ये मधेस आन्दोलनका क्रममा भएका सरकारसँग भएका विभिन्न सम्झौता एवम् सहमतिको पालना, विभिन्न जनजाति र उत्पीडित वर्गका संस्थाले उठाएका मागको सम्बोधनलगायतका रहेका छन ।