शुक्रबार, बैशाख १४, २०८१

टीकापुरमा थरुहट पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप, वरिष्ठ प्रहरी उपरीक्षक न्यौपानेसहित १९ को मृत्यु

काठमाडौं भाद्र ७,  सीमाङ्कन गरिएको सात प्रदेशमा असहमति जनाउँदै थरुहट पक्षधरहरूको जारी    बन्द र प्रदर्शनको क्रममा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शन गर्न खोज्ने थरुहटका कार्यकर्ता र प्रहरीबीच आज दिउँसो झडप   भएको  थियो ।  प्रदर्शनको क्रममा थरुहटका कार्यकर्ताले लाठी, भाला र ढुङ्गा प्रहार गर्दै निषेधाज्ञा तोड्न खोजेपछि स्थितिलाई नियन्त्रणमा लिन टीकापुरसँगै जोडिएको मुनुवा क्षेत्रमा प्रहरीले केही सेल अश्रुग्यास प्रयोग गर्नुपरेकोे इप्रका टीकापुरलाई उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएकोछ ।

 अश्रुग्यास प्रयोग  पछि  पनि स्थिती सामान्य हुँनुको  अलावा  अराजक हुँदै  अन्तत  थरुहट पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित kailali_district_map१६ जना सुरक्षाकर्मी तथा ३ जना प्रदर्शनकारीको मृत्यु भएको समाचार प्राप्त भएको छ ।

आज अपरान्ह भएको झडपमा सेती अञ्चल प्रहरी कार्यालय धनगढीमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक न्यौपाने सहित जिप्रका कैलालीका प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा रहेका छन् ।  त्यस्तै जिप्रका  कैलाली लाई उदृत गर्दै  प्राप्त समाचारमा  सशस्त्र प्रहरीतर्फ ११ जनाको   र प्रदर्शनकारीतर्फ मृत्यु हुनेको वतन नखुलेको प्राप्त समाचारमा जनाइएको छ ।