शुक्रबार, चैत्र १६, २०८०

प्रदर्शनकारी र प्रहरीवीचको झडप पछि गौर र नेपालगन्जमा पनि निषेधाज्ञा आदेश जारी

  काठमाडौं भाद्र ७ , जिल्ला प्रशासन कार्यालयले आज दिउँसो ४ः३० बजेबाट भोलि बिहान ५ बजेसम्म गौर नगरपालिका क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ । मधेसी मोर्चाको आह्वानमा भएकोे आन्दोलनको क्रममा स्थिति तनावग्रस्त भएपछि रौतहट सदरमुकाम गौरमा images (7) download (6)निषेधाज्ञा जारी गरिएको हो ।
यस अघि मोर्चाका कार्यकर्ता र प्रहरीबीच आज रौतहट सदरमुकाम गौरमा झडप भएको प्राप्त समाचार उल्लेख गर्दै प्रदर्शनकारीहरुले रौतहतस्थित एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा समेत ढङ्गामुढा गरेको उल्लेख रहेको छ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय बाँकेले पनि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा आज राति ९ बजेदेखि मङ्गलबार बिहान ९ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । नेपालगञ्जमा पनि संभावित झडपको स्थितीलाई भ्यान दिदै स्थानीय प्रशासानले निषेधाज्ञा आदेश जारी गरेको थाहा भएको छ ।