शुक्रबार, बैशाख १४, २०८१

उपचारको नाममा करणी गर्ने पल्लेका तथाकथित झाँक्री पक्राउ

काठमाडौं भाद्र ६, सन्तान नभएको र सन्तानको चाहना भएको महिलाको लागि तान्त्रिक विधिमार्फत गर्भधारण गर्न योग्य बनाउने भन्दै  घरका सबै सदस्यलाई बाहिर पठाई अनुचित यौन सम्पर्क गर्न पल्लेका एक कथित तन्त्रज्ञाता अर्थात झाँक्री प्रहरीको हिरासतमा पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटलाई उदृत गर्दै प्राप्त समाचारमा उल्लेख भएअनुसार स्थानीय सन्तान विहिन महिलामाथि उपचारको नाममा जबर्जस्ती करणी गरेको घटना सार्वजनिक भएपछि ४५ वर्षीय शेष मोफिजुल हक नामक कथित झाँक्रीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि उल्लेख गरिएको छ ।