शुक्रबार, बैशाख १४, २०८१

पहिले आफू नेपाली हो भन्ने भावना जागृत गरौं : सभासद केसी

चितवन भाद्र ५,  सौराहा क्रिकेट युवा क्लबद्दारा आजदेखि सौराहामा सुरु हुने हात्तीकप क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै नेपाली  काँग्रेसका केन्द्रीय सदस्य एवम् सभासद अर्जुननरसिंह केसीले सामाजिक सद्भाव र राष्ट्रिय एकता आजको आवश्यकता भएको बताउनुभएको छ ।

त्यस्तै नेता केसीले राजनीतिक स्वार्थले देशमा विचलन ल्याउने प्रयास भइरहेको बताउँदै यसतर्फ सबै सचेत हुनु जरुरी रहेको विकीर सहित जुनसुकै जात, धर्म, क्षेत्र, लिङ्ग भए पनि पहिले आफू नेपाली हो भन्ने भावना जागृत गराउनुपर्नेमा जोड दिनुभएको प्राप्त समाचार उल्लेख गरिएको छ ।