शनिबार, बैशाख १५, २०८१

अझै शिर्ष नेतृत्ववीच सहमति बन्न सकेनन ,सहमतिको लागि शुक्रवारको मिति रोज्दै बैठक स्थगन

असहमति सहितको प्रतिवेदन संविधानसभामा पेस गर्ने मस्यौदा समितिको निर्णय

काठमाडौ भाद्र ३, संविधान निर्माणको क्रममा सिर्जित विवादित विषयमा सहमति जुटाउन बन्दै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुवीच आज भएको बैठकमा थ्रेसहोल्ड धर्म र सीमाङकनलगायतका विषयमा मुलुकका विभिन्न स्थानमा आज साँझ अबेरसम्म छलफल भए कुनै sushil-kp-prachanda-bijayaनिष्कर्ष पहिल्याउँन नसकेपछि शुक्रबार बिहान पुनः बैठक बसेर अन्तिम निष्कर्ष निकालिने सहमति गर्दै बैठक स्थगन गरिएको छ ।
यसैवीच संविधानसभा, मस्यौदा समितिको सिंहदरबारमा आज बसेको समितिको बैठकले प्रारम्भिक मस्यौदामा भएका असहमति सहितको प्रतिवेदन संविधानसभामा पेस गर्ने निर्णय गरेको छ ।

प्रमुख दलका शीर्ष नेताबीच धर्म, थ्रेसहोल्ड सीमा र प्रदेश विभाजन पछि सिर्जित घटनाक्रम आदि विषयगत सवालमा केही दिनदेखि छलफल जारी रहे पनि सहमति हुन नसकेको अवस्था एकातर्फ छ भने अर्कोतर्फ दलगतस्वार्थका अभिमतका कारण प्रारम्भिक मस्यौदामा सहमति बन्न नसकेको अवस्था छ । त्यसमाथि पनि विभान सभालृ सहमतिका  लागि भन्दै पछिल्लो पटक निर्धारण गरेको समयसिमा पनि शुक्रवार सकिँदै गरेको अवस्थामा झन थप अन्यौलताको संभावनालाई बढावा  मिलेको छ ।