बिहिबार, बैशाख १३, २०८१

टीकापुर घटना राजनीतिक घटना नभएको प्रमुख तीन दलको ठहर

काठमाडौ भाद्र ७,  टीकापुरमा आज अपरान्ह भएको विभत्स एवम कहालिलाग्दो घटनाको समीक्षा गर्न संविधानसभा भवन नयाँ बानेश्वरमा आज साँझ बसेको तीन दलका शीर्ष नेताको बैठकले जनताको बाँच्न पाउने अधिकारको सुनिश्चितता हुने गरी सुरक्षाको प्रत्याभूति गराउन 3 dallसरकारलाई सुझाव दिएको छ । उहाँहरुले परिस्थितिलाई उत्तेजित तुल्याउने बोली र व्यवहार पनि कसैबाट पनि नगर्न आग्रहसमेत गर्दै प्रमुख तीन राजनीतिक दलले कैलालीको टीकापुरमा आज भएको घटनालाई राजनीतिक घटना नर्भकोे ठहरगरेको छ ।

यसैबीच यसअघि सत्तारुढ दल नेपाली काँग्रेस संसदीय दल र नेकपा (एमाले) स्थायी समितिको संविधानसभा भवनमै बसेको बैठकले कैलाली घटनालाई प्रायोजित रुपमा गराइएको निर्मम र निन्दनीय भएको भन्दै घटनाको भत्सना गरेको छ ।

त्यस्तै काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले टीकापुर घटनालाई दुःखद र भत्सर्नायोग्य ठहर गर्दै संसदीय दलले त्यसप्रति खेद व्यक्त गरेको जनाउ दिदै जारी विज्ञप्तिमा शान्ति, सुव्यवस्था कायम गर्न आफ्नो कर्तव्यपालन गर्दागर्दै वीरगति प्राप्त गर्ने वरिष्ठ सुरक्षा अधिकारी, सुरक्षाकर्मीलगायत निर्दोष नागरिकप्रति उच्च सम्मान व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जलि र परिवारजनमा समवेदना प्रकट गर्नुका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक अग्नि खरेलले स्थायी समितिको बैठकले घटनालाई गम्भीरतापूर्वक लिँदै छानबिनका लागि समिति गठन गर्न माग गर्ने निर्णय गरेको छ भने
एमाओवादी संसदीय दलले पनि उक्त घटनालाई सूक्ष्म विश्लेषण गरी जनताका मागलाई सम्बोधन गरेर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।