शुक्रबार, बैशाख २८, २०८१

आगामी आवका लागि ८ खर्ब १९ अर्बको बजेट प्रस्तुत

काठमाडौ आषाढ २९,  सरकारले आर्थिक वर्ष २०७२/७३ का लागि रु आठ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ६४ हजारको बजेट प्रस्तुत गरेको छ ।अर्थमन्त्री डा रामशरण महतले व्यवस्थापिका–संसद्मा आगामी आवका लागि budgetवार्षिक आयव्ययको विवरण प्रस्तुत गर्दै कुल विनियोजनमध्ये चालु खर्चतर्फ रु चार खर्ब ८४ अर्ब २६ करोड ६३ लाख ७५ हजार र पुँजीगत खर्चतर्फ रु दुई खर्ब आठ अर्ब ८७ करोड ४२ लाख ४२ हजार विनियोजन गरिएको बताउनुभयो । यस्तै वित्तीय व्यवस्थातर्फ रु एक खर्ब २६ अर्ब ३२ करोड ५२ लाख ६७ हजार विनियोजन गरिएको छ । प्रस्तुत  खर्चको अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ३२ प्रतिशत र संशोधित अनुमानको तुलनामा ५६.८ प्रतिशतले बढी हो ।आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु चार खर्ब ७५ अर्ब एक करोड २१ लाख, साँवा फिर्ता प्राप्तिबाट रु दुई अर्ब, वैदेशिक अनुदानबाट रु एक खर्ब १० अर्ब ९२ करोड ९४ लाख सात हजार, व्ययभार रु दुई खर्ब ३१ अर्ब ५२ करोड ७३ लाख ७७ हजार न्यून हुनेछ ।

 न्यून बजेट पूर्ति गर्न विदेशी ऋणबाट रु ५४ अर्ब ९६ करोड ४७ लाख चार हजार, राजस्व र वैदेशिक सहायता परिचालनबाट रु एक खर्ब ३६ अर्ब ५६ करोड २६ लाख ७३ हजार न्यून हुन जानेछ ।न्यून बजेट पूर्ति गर्न रु ८८ अर्ब आन्तरिक ऋणबाट र रु ४८ अर्ब ५६ करोड २६ लाख ७३ हजार चालु खर्चको नगद मौज्दातबाट व्यहोरिनेछ अर्थमन्त्री डा महतले जानकारी दिनुभएको छ   ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकलले आगामी आर्थिक वर्ष २०७२/०७३ को आय–व्ययको अनुमानित विवरण (बजेट) स्वीकृत गरेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु