बुधबार, बैशाख १२, २०८१

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित, आव ०७२/७३ को बजेट आगामी मङलवार

काठमाडौ आषाढ २७,  व्यवस्थापिका–संसद्को आजको बैठकले आर्थिक वर्ष २०७२/७३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । धन्यवादको प्रस्तावद्वारा राष्ट्रपतिबाट यही आषाढ २३ गतेको बैठकमा पेस भएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०७२/७३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनलाई बैठकले अस्वीकार गर्दै नीति तथा कार्यक्रम पारित गरेको हो । नीति तथा कार्यक्रममा एमाओवादीका गिरिराजमणि पोखरेल, राप्रपा (नेपाल)का सुशीलकुमार श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका मीना पुन, नेपाल मजदुर किसान पार्टीका अनुराधा थापामगरलगायतले संशोधन प्रस्ताव फिर्ता लिन अस्वीकार गर्नुभएको थियो ।timthumb_

त्यस्तै आजैको बैठकमा अर्थमन्त्री डा.रामशरण महतले आर्थिक वर्ष २०७१/७२ को आर्थिक सर्वेक्षण पेस गर्नुभएको थियो । यसअघि नीति तथा कार्यक्रममाथिको छलफलमा सभासदहरुले उठान गरेको जिज्ञासाको सम्बोधन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले सरकारका नीति तथा कार्यक्रममा सभासदहरुले बाट प्राप्त सुझावलाई ग्रहण आवश्यक निति तय गरिने बताउनुभएको थियो ।

त्यस्तै प्रम कोईरालाले विपद्को वर्तमान अवस्थामा सबैले सहकार्यका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै मुलुकको शान्ति, स्थायित्व र संविधान अहिलेको प्राथमिकता भएको दोहो¥याउँदै प्रधानमन्त्रीले संविधान जारी गरेसँगै देशलाई द्रुत आर्थिक विकासको बाटोमा अग्रसर गराइने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । त्यस्तै राजनीतिक दलहरूको सहमति र समन्वयमा स्थानीय निर्वाचन गराइने, जरैदेखि भ्रष्टाचार निर्मूल गर्न सरकार क्रियाशील रहेको तथा नेपाली सेनालाई साधन–स्रोत सम्पन्न गर्ने तथा राष्ट्रिय सुरक्षा नीति तर्जुमा गरी मुलुकको राष्ट्रिय हित संरक्षण एवम् प्रवद्र्धन गरिने प्रधानमन्त्रीले स्पष्ट गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै गरि प्रम कोइरालाले नेपाल प्रेस काउन्सिल र सम्बद्ध सञ्चार निकायसँगको सहकार्यमा पत्रकार आचारसंहितालाई सन्तुलित एवम् मर्यादित बनाईने प्रष्ट गर्दै लोकतान्त्रिक सरकारले लोकतन्त्रको आधारस्तम्भ सञ्चारजगतलाई कुनै पनि अवस्थामा नियन्त्रण गर्ने  सोच नबनाएको भन्दै प्रस्तावित प्रसंगमा चिन्तित नहुन सरोकारवाला संघसस्थालाई आग्रह गर्नु भएको छ । संसद्को अर्को बैठक आगामी मङलवार २९ गते मङ्गलबार अपराह्न १६ः०० बजे बस्नेछ । उक्त बैठकमा अर्थमन्त्रीले आर्थिक वर्ष २०७२/७३ को राजस्व र व्ययको  बजेट पेस गर्नुहुनेछ ।

प्र.म कोइरालाले दिनुभएको जवाफको पूर्ण विवरणको लागि यहाँ क्लिक गर्नुहोला