मङ्लबार, बैशाख ११, २०८१

आर्थिक वर्ष २०७२/७३ को बजेटमाथि छलफल सुरु

काठमाडौ आषाढ ३०, व्यवस्थापिका–संसद्मा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७२/७३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) बजेटमाथिको सामान्य छलफल सुरु भएको छ । यसअघि व्यवस्थापिका–संसद्को आजको बैठकमा अर्थमन्त्री डा रामशरण महतले राजस्व र व्ययको वार्षिक अनुमानमाथि budgetसामान्य छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दै उहाँले भूकम्पपछिको पुनःनिर्माण र सन्तुलित बजेट विनियोजनलाई विशेष ध्यान दिएर बजेट तर्जुमा गरेको जानकारी दिनुभएको थियो ।

यसैवीच बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले महाभूकम्पपछिको विपत्तिलाई सम्बोधन गरेको, सामाजिक सुरक्षा, गरिबी निवारण, सन्तुलित विकासलाई प्राथमिकता दिएको भन्दै बजेटकोे स्वागत गर्नुभएको थियो तर नेकपा एमालेका सुरेन्द्र पाण्डेले सत्तासाझेदार दललाई समेत वेवास्ता गर्दै ल्याईएको बजेटमा अर्थतन्त्रको विशेष चुनौतीका रुपमा रहेको वैदेशिक व्यापार घटाउँने कुनै पनि प्रसंग समावेस नभएकोमा प्रस्तुत बजेट प्रभावकारी नभएको अभिव्यक्ति दिनु भएको छ ।

त्यस्तै एमाओवादीका नेता एवम पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकका लागि गर्नसमेत सरकार र बजेट परम्परागत र कर्मकाण्डीको धरातल भन्दामाथि उठ्न नसकेको बताउदैँ बजेट युगान्तकारी हुनसक्ने अवसरबाट चुकेको जिकिर गर्नुभएको थियो ।
त्यस्तै छलफलमा भाग लिदै राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा विपद पछिको अवस्थामा नवीन सोचाइसहितको युगान्तकारी र साहसिक बजेट आउन नसकेको बताउँदै भएको थियो । साथै मजफो लोकतान्त्रिकका नेता जीतेन्द्रनारायण देवले हुलाकी राजमार्गको निर्माण पूरा गर्ने मितिसमेत किटेर आवश्यक बजेट छुट्याएकोमा सोको स्वागत गर्दै बजेट तर्जुमाको पाटो आफैमा अन्यौलमय भएको बताउँनु भएको थियो।

आजको छलफलमा राप्रका दीपक बोहरा, तमलोपाका वृजेशकुमार गुप्ता,छलफलमा सुवोधकुमार अग्रवाल, शिवचन्द्र यादव, चित्रबहादुर केसी, जयदेव जोशी, नरसिंह चौधरी, नारायणमान विजुक्छे, हरिचरण शाह, रुक्मिणी चौधरी, अतहर कमाल मुसलमान, रामकुमार राई, प्रकाशशरण महत, भीमबहादुर रावल, प्रभु साह, सुशीलकुमार श्रेष्ठ,लगायतका सभासदहरुले आ आफ्नो अभिमत प्रस्तुत गर्नु भएको थियो । छलफल अझै जारी रहेको छ ।