शुक्रबार, बैशाख १४, २०८१

भूकम्प पुनःनिर्माण प्राधिकरण गठनको सवालमा सत्तारुढ दलबीच नै मतभेद

काठमाडौ आषाढ ५, नेपाली काँग्रेसले आगामी आषाढ १० गते हुँने दाता सम्मेलनअगावै भूकम्प पुनःनिर्माण प्राधिकरण गठनको प्रसगमा जोड दिदै आएपनि सत्तासाझेदार दल नेकपा एमालेवीच बीच एकमत बन्न नसक्दा प्राधिकरण गठन प्रस्ताव आफैमा अन्यौलग्रस्त भएको छ ।  एमालेले प्राधिकरण गठन कानुन तयार भएपछि मात्रै गठन timthumb (2)गर्न उपयुक्त हुने बताउँदै आएका छन जसले गर्दा प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख चार दलबीच आज भएको छलफल विना निष्कर्ष टुङगीएको छ । सहभागी एक नेताका अनुसार बैठकमा प्राधिकरणको नेतृत्व र संरचनाका सवालमा दलहरुवीच विचार नमिलेपछि भूकम्प पुनःनिर्माण प्राधिकरण गठन प्रस्ताव अन्यौलको भूमरीमा फसेको हो ।

त्यस्तै काँग्रेसले प्राधिकरण गठनको विषयलाई अध्यादेशमार्फत टुङ्ग्याउनुपर्ने धारणा राख्दै गर्दा सत्तासाझेदार दल नेकपा एमालेले काँग्रेसको प्रस्तावलाई ठाडै अस्वीकार गरेको बुझिएको छ । त्यस्तैगरि एमाओवादीले भने प्राधिकरणको नेतृत्वमा स्वतन्त्र, सक्षम र विज्ञ रहनुपर्ने धारणा सहित प्रस्तुत भएको आजको बैठकमा नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका कार्यबाहक अध्यक्ष एवम् उपप्रधानमन्त्री वामदेव गौतम, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजय गच्छदार रामचन्द्र पौडेल लगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो ।