बिहिबार, चैत्र १५, २०८०

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायीको निर्वाचनमा ढकाल नेतृत्वलाई काँग्रेसको समर्थन

काठमाडौं आषाढ ९,   आगामी आषाढ १७ गते हुने नेपाल बैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन लागि लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले विमल ढकाल नेतृत्वको भएको प्यानललाई आधिकारिक उम्मेदवारी भएको जनाउँदै नेपाली कांग्रेसले समेत आफ्नो शुभेच्छुक संस्थाका रूपमा रहेको फोरमले गरेको निर्णयलाई सदर गरेको समाचार प्राप्त भएको छ ।  यसवीचमा केही समूहले आफूलाई आधिकारिक प्यानल भनेर प्रचार गरिरहेका अवस्थामा बेला फोरमले timthumbकांग्रेस नेतासहितको पत्रकार भेटघाटको आयोजना गर्दै विद्यमान आधिकारिकता विवादको अन्यौलता समाप्त गरेको समाचारमा उल्ल]ख गरिएको छ ।

मंगलबार नेपाल प्रेस युनियनले संयोजन गरेको पत्रकार भेटघाटमा कांग्रेस केन्द्रीय सदस्य गुरु घिमिरे लगायतका नेताहरुको उपस्थितीमा सम्मेलनमा केन्द्रीय सदस्य घिमिरेले ढकाल नेतृत्वको प्यानललाई पार्टीको पूर्ण समर्थन रहेको बताउँनु भएको हो ।

त्यस्तै त्यस क्रममा ‘हामी सम्भावनामाथि बसेर भिख माग्नमै मस्त छौं’ भन्दै वीपीपछि हाम्रो कुनै पनि नेतृत्वले मुलुकका बारेमा सोचन, राजनेता जन्मने हो भने विदेशीको आकर्षक गन्तब्य नेपाल बन्न सक्ने अभिव्यक्ति सहित । ढकाल नेतृत्वको प्यानललाई विजय गराउन अपिल समेत गरेको समाचार उल्लेख रहेको छ ।
कार्यक्रममा अर्का केन्द्रीय सदस्य लक्ष्मी राईले बदनाम बन्दै गएको वैदेशिक रोजगारलाई सुधार्न जरुरी रहेको बताइन् । उनले कांग्रेसको सुभेच्छुक संस्थाको नाताले आफ्नो साथ र समर्थन ढकाल नेतृत्वको प्यानलाई भएको स्पष्ट पारिन ।

अध्यक्षका प्रत्यासी ढकालले वैदेशिक रोजगारिका क्षेत्रका देखिका समस्या समाधान गर्न आफ्नो उम्मेदवारी रहेको बताए । उनले व्यवसायीकै कमी कमजोरीका यो क्षेत्र बदनाम भएको बताए । आफू नेतृत्वमा निर्वाचित भएमा रोजगारीका गन्तव्य, सरकार र रोजगार व्यवसायीबीच राम्रो सम्बन्ध बनाएर अघि बढ्ने बताए । त्यस्तै ढकाल नेतृत्वको लमा प्रथम उपाध्यक्षमा कुमुद खनाल, द्वितीय उपाध्यक्षमा भुवनसिंह गुरुङ, तृतीय उपाध्यक्षमा भागीरथ राई, महासचिवमा कमल तामाङ, सचिवमा विनोद जङ्ग केसी र कोषाध्यक्षमा प्रतीमा महर्जनले उम्मेदवारी घोषणा गरेका छन् । त्यसैगरी सदस्यमा राजेशशङ्कर विक, सोम तामाङ, प्रकाश आचार्य, दीपक सिञ्जाली, पुष्पराज चौलागाईं, असगरी अली, चेतुबाबा पोखरेल, रामबहादुर लामा र मचिन्द्रनाथ शेर्मा रहेका पनि जानकारी दिएको थियो ।