बुधबार, बैशाख २६, २०८१

कहालि लाग्दो बैशाख १२ र विश्वका केही ठूला भूकम्प

-बसन्त शर्मा
बैशाख १२ गते शनिबार (अप्रिल २५) ११ः५७ मा गएको ७.६ रेक्टर स्केलको शक्तिशालि भू–कम्प र त्यस पछि गएका सयौंको संख्याका लगातारका भू–कम्पका झट्काहरुले राजधानि काठमाडौं सहित देशभरी हजारौं जनाले ज्यान गुमाएकाछन् भने कति सर्वसाधारणहरु वेपत्ता भएकाछन् कहीं कतै एकिन तथ्याकङ छैन् । घाइतेहरुको संख्या दिन प्रतिदिन थप हुँदैै गइरहेको छ । समग्रमा देश शोकमा डुवेको छ । प्राचिनकालदेखिका सास्ंकृतिक महत्वका धरोहर भौतिक संरचनाहरु समेत ध्वस्त भएकाछन् ।
भू–कम्प पछि स–साना वालवालिका आफ्ना आमा वावु खोजिरहेका र वृद्धवृद्धा आफ्नो सहारा सन्तान खोजिरहेका कहालि लाग्दा दृश्हरु देखिन्थे । ग्रमिण भेगका गाँउ वस्तिहरु ओत लाग्नलाई त्रिपाल र प्यास मेटाउने एक तुर्को पानीको अभावमा छटपटिएर वसिरहेका दृश्यहरुले आँखा रसाउँदथे । गोरखा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौं, भक्तपुर,  ललितपुर ,धादिङ्ग, रसुवा लगायतका जिल्लाका ति कारुणिक दृश्यले एउटा मानव मन छिाया छिया पारेको छ । राजधानीको सुन्धाराको नौ तल्ले धरहरा वरपरदेखि वालाजु क्षेत्रका वस्तिहरु वचाउ–वचाउको आवाजले गुन्जिरहेका सुनिन्थे । कति च्यापिय कति थिच्चिए कतिले अइय्या पनि भन्न पाएनन् । कति को त २ दिन, ३ दिन पछि जिवितै उद्धार पनि भयो तर जे देखियो त्यो सबै कहालि लाग्दो थियो । शब्दले वयान गर्न नसकिने थियो । केही विदेशी सञ्चार माध्यमका साथिहरुको व्यवस्थापन र भारतिीय वायु सेनाको सहयोगमा गोरखा र सिन्धुपाल्चोक पुग्दा मन भक्कानियर आँउदथ्यो ।
एउटा हेलिकप्टरमा सबै गाँउलेलाई उठाएर कतै अर्को धर्तिमा लैजाउँ झै लाग्दथ्यो । राजधानीका मैतिदेवि, ठमेल, असन, झोछे जस्ता साना गल्लि भएका वस्ती दोश्रो दिन आइतवार मसानघाट झैं सुनसान भएका थिए । जर्मनका पत्रकार साथिहरुले ड्रोन क्यामेराको मद्दतले कोही जिवितै छन की भनेर आँफु टाढा रहेर ड्रोन क्यामेराहरुलाई गल्लिभित्र पठाएर रिर्मोटबाट दृश्य कैद गरिरहेका थिए । सबै भन्दा बढी त पशुपति आर्यघाटमा सामूहिक रुपमा भइरहेका दाहसंस्कारका दृश्यले मुटु टुक्रा–टुक्रा पारेको थियो । आकाशमा मडरिएको कालो वादल मन भित्र पनि मडारिइरहेको हुन्थ्यो । कतै हेलिकोप्टर ल्याण्ड हुन सक्दैनथ्यो त कतै ल्याण्ड भए पनि फेरी उड्न समस्या हुनथ्यो । लगातारको वर्षा सहित प्रतिकुल मौषम अनि राहतका सामाग्रीको अभावले पीडामाथि वज्र प्रहार गर्दथ्यो । राति सुत्दा पनि ति दृश्य आँखा अगाडि आएपछि विस्तराबाट छटपटिंदै व्यँुझन्छु । एक दिन त दिनैभरी मोटोरवाइकमा काठमाडौंका गल्लिगल्लिमा दौडियो जहाँ प्रवेश निषेध थियो त्यहाँ पनि प्रेस कार्ड देखाएर प्रवेस गरिन्थ्यो, त्यो दिन विदेशी पत्रकारहरुका अलावा साथमा नेपालगन्जका वरिष्ठ पत्रकार दाजु हेमन्त कर्मचार्य पनि हुनुहुन्थ्यो ।
नेपालमा गएको यो शक्तिशालि भू–कम्पका विषयमा इण्डियन टेक्टोनिक प्लेट र युरेसियन महाद्घिपीय प्लेट एक आपसमा ठोकिएर घर्षण उत्पन्न भइ भू–कम्प गएको एन. इ. आइ. सिका बैज्ञानिक जोन वेलिको अध्ययनले देखाउँदछ । यता नेपालमा १९९० सालको भू–कम्प पछिको यो नै शक्तिशालि भू–कम्प भएका कारण उद्धार तथा राहतको काममा पूर्व तयारी राज्य संयन्त्रको परिचालन र समन्वयमा थुप्रै कमि कम्जोरी देखिए । जसका कारण समयमै उद्धार हुन नसक्दा हताहत हुनेको संख्याको निकै ठूलो हुने देखिन्छ । तर अन्तराष्ट्रिय समूदायको चासो, सहयोग सहभागितामा उद्धार र राहतका काम अघि बढिरहेका छन् । जर्मनी , मलेसिया, टर्की, पाकिस्तान ,अमेरीका, फ्रान्स, सिंगापुर, चीन, जापान, भारत सहितका थुप्रै राष्ट्रका उद्धारकर्ताहरुबाट उच्च स्तरका प्रविधिहरु र प्रशिक्षित डग स्क्वाडको प्रयोगबाट विभिन्न जिल्लाहरुमा उद्धारको काम भइरहेकाछन् ।
नेपालमा गएको भू–कम्पको घट्ना लगत्तै छिमेकी राष्ट्र भारत सरकारले आफ्नो वायु सेनाको टोलि नेपाल पठाएर उद्धारकालागि सहयोगको थालनि गरेको थियो । नेपालमा गएको भू–कम्पको सूचना केही मिनेटमै पाएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै भारतीय वायु सेनाको सिजे १३० हक्र्युलस विमानमा अत्यावश्यक राहत सामाग्रि सहित भारतीय सेना उद्धारकालागि नेपाल पठाएका थिए ।pp2
विगतमा विश्वका केही भू–कम्पका घट्ना
१९९० सालको ८.३ रेक्टर स्केलको भू–कम्प गएको घट्नापछि भएका विभिन्न अन्तराष्ट्रिय अध्ययन र अनुसन्धानले नेपाल भू–कम्पीय जोखिमको विश्वको ११औं स्थानमा रहेको देखाउँदछ । त्यसमध्य राजधानि काठमाडौं संसारभरीका भू–कम्पीय उच्च जोखिम भएका शहरहरुको सूचिमा पर्दछ । नेपालमा गएको भू–कम्प पछि संयुक्त राष्ट्र संघ ‘ब्युरो अफ क्राइसिस प्रिभेन्सन’ले विश्वका १सय९८ राष्ट्र मध्य नेपाल भू–कम्पीय उच्च जोखिम ११औं स्थानमा रहेकाले नेपालमा रहेका भौतिक संरचना हताहतिको मूल कारण हुने भनि विष्लषन गरेको छ ।  शनिबारको भू–कम्प पछि देशमा ३ दिने राष्ट्रिय सोकको घोषणा गर्दै सरकारले गोरखा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौं, भक्तपुर, ललतिपुर, धादिङ्ग, स्याङ्गजा, रसुवा लगायतका १० जिल्लालाई अति प्रभावित जिल्लाको सूचिमा राखेर उद्धार तथा राहतका कामहरु भइरहेका छन् । शनिबारको भूँइचालोबाट राजधानि काठमाडौंको मुटुमा रहेको विश्व प्रसिद्ध नेपालको इतिहांसको धरोहर सुनधारामा अवस्थित सुनधारा धरहरा पूर्ण रुपले ध्वस्त भएको छ । १९९० भूकम्पले १२ तल्लाको धरहरा भत्किएपछि तत्कालिन प्रधानमन्त्री जुद्ध सम्शेरले ९ तल्लाको धरहरा पूनः निर्माण गराएर सातौं तल्लामा उपत्यका अवलोकनकालागि वार्दलि समेत २सय३ फिटको धरहरा बनाउन लगाएका थिए । त्यसैगरी नेपालको राज्य सत्ताामा मल्लकालको वच्श्र्व सँगै शाह वंशीय त्रिभुवन राजा सम्मको राज्य शससनकालको शक्ति केन्द्र वसन्तपुर दरवार क्षेत्र पनि क्षतिग्रस्त भएको छ ।

विश्वभरीको भू–कम्पको इतिहासलाई केलाउने हो भने सन १९०० को दशकदेखि २०१५ सम्म आइपुग्दा १७ पटक यस्ता शक्तिशालि भू–कम्पहरु विभिन्न देशमा गएकाछन् । नेपालमा जाने भू–कम्पको कारण मध्यको एक हो तिब्वति प्लेटहरुको लगातारको चलायमानता । सन् १९०६ जनवरी ३१मा इक्वेडर तटिय क्षेत्रमा ८.८ रेक्टर स्केलको भूकम्प सहितको सुनामी गएपछि ५ सय भन्दा बढीको मृत्यु भएको थियो । १९९२ नोभेम्वर ११मा चिलिमा गएको ८.५ रेक्टर स्केलको भूकम्पको प्रभाव अर्जेन्टिना सम्म परेको थियो । त्यसैगरी १९२३ फेब्रुअरी ३ मा ८.५ रेक्टर स्केलको भूकम्पले रुसमा ठूलो क्षति बनाएको इतिहाँस छ । १९५२ नोभेम्बर ४ मा पनि रुसमा शक्तिशालि भू–कम्प गएको थियो । भारतको विहार राज्यमा १९३४मा ८.२ रेक्टर स्केलको भू–कम्प गएको थियो । उता रुसमा अक्टोवर १३, १९६३मा ८.५ रेक्टर स्केलको भूकम्प गएको इतिहांस छ । १९३८ फेब्रुअरी १ मा इण्डोनेसियामा भूकम्प सहित सुनामी गएको थियो । यता छिमेकी तिब्वत क्षेत्रमा १९५० अगस्त १५ मा८.६ रेक्टर स्केलको भू–कम्प जाँदा ७ सय ८० जनाको ज्यान गएको थियो । त्यस्तै १९५७ मार्च ९मा अमेरिकाको अलास्का राज्यमा गएको ८.६ रेक्टर स्केलको,१९६४ मार्च २८मा ९ रेक्टर स्केलको,१९६५ फेब्रुअरीमा ४मा ८.७रेक्टर स्केलको भू–कम्प गएको थियो । त्यसैगरी यता २६ डिसेम्बर २००४मा इण्डोनेसियामा ९.१रेक्टर स्केलको भू–कम्प गएको थियो । त्यसको प्रभाव सुनामी सहित २ लाख भन्दा बढी मानिसले ज्यान गुमाउनु परेको थियो । त्यहाँ फेरी २००५ मार्च २८ मा ८.६ रेक्टर स्केलको भूकम्प गएको थियो र पछिल्लो पटक २०१२ अप्रिल ११मा पनि इण्डोनेसियामा भू–कम्प गएको थियो । त्यस्तै १२ जनवरी २०१०मा हैटीमा गएको भू–कम्पमा परि हजारौंले ज्यान गुमाएका थिए भने त्यसपछिको हैजाको महामारी अहिले सम्म नियन्त्रणमा आएके छैन् । यता जापानमा २००११को मार्च ११ मा ९ रेक्टर स्केलको भू–कम्प गएको थियो ।

कभरेजः
भारतको एक र्चिर्चत पत्रिका हिन्दु ले भनेको छ –‘हिमालय श्रृखंलाका क्षेत्रमा झण्डै ८० वर्ष यता कै यो विनाशकारी शक्तिशालि भू–कम्प हो शनिबार (अप्रिल २५) नेपालमा गएको भू–कम्प । ’ संसार भरीका समाचार पत्र, म्यागजिन, टेलिभिजन च्यानल र रेडियोहरुले नेपालमा गएको भू–कम्प पछि यहाँका सर्वसाधारणको अवस्था, उद्धार र राहतका कामहरुलाई नजिकबाट कभरेज गरिरहेकाछन् । भ्वाइस अफ अमेरीका, न्युयोर्क टाइम्स ,एएफपि,सिन्ह्वा,द,गार्डियन, द वाल स्ट्रिट जरनल,च्यानल एशिया, बिबिसि, आजतक,एविपि न्यूज,एनडि टिभि, अल जजिरा, टाइम्स अफ इण्डिया लगाएतका अन्तर्राष्ट्रिय सञ्चार माध्यमा पाका पत्रकारहरु काठमाडौंमा ओर्लेर समाचार कभरेज गरिरहेकाछन् ।

काठमाडौंका साँघुरा गल्लिमा ड्रोन क्यामराहरुको सहायताबाट पत्रकारहरुले भिजुअल खिचिरहेका देखिन्थे । वसन्तपुर दरवार स्क्वायर क्षेत्रमा लगातार ड्रोन क्यामराको प्रयोग गरेर क्षतिको विवरण लिन पत्रकारहरुले उद्धारकर्ताहरुलाई सघाइरहेका दृश्हरु देखिन्थे । जस्को प्रभाव संसारभरी समाचार प्रकाशन र प्रसारण हुँदा उद्धारकालागि आवश्य पर्ने थप प्रविधि र आर्थिक एवं खाद्य सहयोग बढीरहेको छ ।
नेपालका सञ्चार माध्यमको कभरेज पनि प्रशंशनिय थियो, खासगरी एफएम रेडियोहरुको, प्राइभेट टेलिभिजन च्यानलहरुको प्रशारण पनि चलिरहेका थिए । तर केही सञ्चार माध्यमले खासगरी एफएम रेडियोहरुले भू–कम्प गएको दिनमा पनि हिन्दी सदावहार गितहरु बजाइरहेका थिए भने कतिपय सञ्चारकर्मीहरुले राजनीतिक दलका नेता तथा व्यापारिक घरानाहरुका ठूला भनिनेसँग अन्तरवार्ता लिइरहेका मात्रै थिए,लाग्थ्यो उनिहरु आफ्नो व्यक्तिगत सम्वन्ध विस्तर गरिरहेका थिए । जवकि त्यो समय सर्वसाधारणको सबैभन्दा पहँुचको माध्यम रेडियो नै हुन्छ ।  रेडियो नेपाल र नेपाल टेलिभिजन लगातार प्रशारणमा थिए भने ति संस्थाका प्रतिनिधिहरुले राहत र उद्धारमा सरकार उदासिन भएको भन्दै सरकारी सञ्चार माध्यमको नाताले आलोचना र कतै त दूव्र्यवहार समेत खेप्नु परेको देखिन्थ्यो । यतिवेला नेपाली नागरिकहरुले नेपाल टेलिकमका तर्फबाट राम्रो साथ पाएका थिए । साँच्चिकै वर्षैभरी आलोचित भइरहने नेपाल टेलिकमले सर्वसाधारणालाई विपदमा पर्दा सरहानिय योगदान दिएको हो । अन्तमाः नेपाल सरकारको जिम्मेवारी र काम कत्व्र्यको गम्भिर विषय बाँकी नै छ, त्यो अर्कै कुनै अकंमा लेखौंला तर यति भन्छु त्यो कहालि लाग्दो दिन सरकारको शून्यता सहजै महशुस हुन्थ्यो र सरकारका केही मन्त्रीहरु रेडियो र टेलिभिजनमा अन्तरवार्तामा सिमित थिए ।