शनिबार, बैशाख ८, २०८१

अनन्त सम्म बार्गेनिङ्गको राजनीति चल्न सक्दैन् :खुमबहादुर खड्का

  •  काँग्रेसको विकल्प अरु कोही हुन पनि सक्दैन

  • नेपाली काँग्रेसभन्दा अलग हुने भन्ने कुरा म सोच्न पनि सक्दिन

  • प्रजातन्त्र स्थापनाको आन्दोलनमा आफ्नो रगत पसिना वहाएका कार्यकर्ताहरुलाई एक सूत्रमा बाँध्नेगरी मेरो उम्मेदवारी हुनेछ 

  • बुझ्नुहोसकी म महामन्त्री चुनाव लड्नेछु

  • यो दुवै थरी चिन्तललाई चिर्नु मेरो पहिलो लक्ष्य हो

  • पार्टीले सङगठनलाई ध्यानमा राख्दै काम गर्नु पर्ने समय आएको विषयमा नेतृत्व गम्भिर हुन जरुरी छ

  •  माघ ८मा संविधान जारी गर्नुपर्ने नैतीक जिम्मेवारीबाट सबै दलका नेताहरु चुके

  • हाम्रो देशमा केही वर्ष यता कम्युनिष्टहरु अलि बढी सक्रिय भए

  • मैले पार्टीभित्र मात्र नभएर राष्ट्रिय रुपमा नै यो अभियानलाई अघि बढाएको हुँ

khum_bdr[1]मेलमिलापको नीति लिएर वी.पी.कोइरालासङगै नेपाल फर्किएर नेपालको राजनीतिमा सक्रिय रहेका व्यक्तित्व जसले ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’ सङगसङगै जनजीविकाको सवाललाई आत्मसाथ गदै गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासङग नेपाली काँग्रेसको सङगठन विस्तारमा लामो समय सक्रियभइ काम गर्नुभयो, पार्टीमा प्रभावशाली  नेताको प्रारुपमा आफ्नो छवीकायम गर्नसफल व्यक्तित्व   जस्ले पछिल्लो समय हिन्दु राज्य कायम गराउने लक्ष्य राष्ट्रिय अभियानका रुपमा अघि बढाईरहनुभएको छ, पूर्व गृहमन्त्री एवमं नेपाली काँग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्कासङग www.kantipurhotline.com कालागि समसामयिक राजनीतिक प्रसङग र पार्टीको आसन्न १३ औं महाधिवेशनको सेरोफेरोमा पत्रकार बसन्त शर्माले गरेको कुराकानिको सारसंक्षेप

तपाइको जिल्ला दौडाह केमा लक्षित हो ?

पार्टी सङगठन मजवुद बनाउने नै मेरो एकमात्र लक्ष्य हो । पञ्चायतकालदेखि नै यही अभियानमा हिंडेको हुँ आज पनि त्यही अभियानमा छु । मेरो पछिल्लो भ्रमण हिन्दुराष्ट्र कायम गराउने अभियानमा जिल्ला–जिल्लामा सबै नेपालीलाई बुझाउँदै हिंड्नु पनि हो ।

पार्टीको आधिकारीका लाईन भन्दा फरक विचार हिन्दु राज्य कायमको अभियानमा हुनुहुन्छ,यसले महाधिवेशनमा के प्रभाव पार्ला ?

पार्टीमा छलफल नै नभएको विषयलाई पार्टीले बोकेको हुँदा यसलाई सच्चयाइनु पर्दछ भन्ने मेरो भनाई हो । यो कुरा पार्टीका सबै नेता तथा कार्यकर्ताहरुले बुझेका छन् । मैले पार्टीभित्र मात्र नभएर राष्ट्रिय रुपमा नै यो अभियानलाई अघि बढाएको हुँ । महाधिवेशन त पार्टीको नयाँ नेतृत्वका लागि पो हो त ।

पार्टीको महाधिवेशनको मिति घोषणा भयो, तपाँइको जिल्ला दौडाह महाधिवेशनको तयारी त होइन ?

एउटा प्रजातात्रिक पार्टीकोलागि महाधिवेशन घोषणा हुनु स्वागतयोग्य काम हो । म यसको सर्मथन गर्दै आफ्ना देशभरीका कार्यकर्ताको भावना बुझदै हिंडेको छु । थुप्रै पुराना र युवा कार्यकर्ताको पार्टी नेतृत्वप्रति असन्तुष्टि रहेकाले सबैलाई पार्टीमा समेटेर अघि बढ्नुपर्ने आवश्यकतालाई बोध गर्दै सङगठन बलियो गर्ने काममा लागेको छु । तपाँइले भने जस्तै महाधिवेशनको तयारी स्वरुप सक्रिय सदस्यको वितरणको अवस्थालाई नजिकबाट जिल्ला जिल्ला पुगेर नियालीरहेको छु ।

पार्टीको आन्तरिक समिकरणमा तपाइलाई बाइपास गर्न खोजिदै छ भन्ने पनि सुनिन्छ ,६० र ४० को भागवण्डामा तपाइको भूमिका ?

यो दुवै थरी समिकरणभन्दा माथि उठेर म सङगठनका लागि काम गर्ने कोसिसमा छु । म कसैको अन्धभक्त भएर लाग्दिन । यो दुवैथरी चिन्तनका कारण पार्टीका पूराना र दुःख पाएका कार्यकर्ताहरु मूल प्रवाहबाट टाढा भए,जो अवसरवादी हुन उनिहरुले मौका पाए त्यसैले म यो दुवै थरी चिन्तललाई चिर्नु मेरो पहिलो लक्ष्य हो ।

१३औं महाधिवेशनमा तँपाइको उम्मेदवारी केमा हुनेछ र किन ?

सक्रिय सदस्यताको काम सकिदैंछ अब औपचारिक घोषणा गर्नेछु । अहिले देशभरीका नेता तथा कार्यकर्ताहरुसङग छलफल र संवाद गर्दै हिंडिरहेकोछु । तपाई यति बुझ्नुहोसकी म महामन्त्री चुनाव लड्नेछु । विधान संसोधन भयो भने उप–सभापतिमा चुनाव लड्नेछु । मेरो लक्ष्य वी.पी.कोइरालाको ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’ सङगसङगै जनजीविकाको सवालको बाटोबाट केही चिप्लिएर बाटो विराएको नेपाली काँग्रेसलाई फेरी त्यही बाटोमा लैजान प्रयास हुनेछ । त्यस्तै समय सुँहाउदो परिवेशमा पार्टीलाई कम्युनिष्टहरुसङग प्रतिस्प्रर्र्धा गर्न सक्ने बाटोमा अघि बढाउने हुनेछ । वी.पी. कोइरालाको मेलमिलापको नीति र जनताको जनजीविकाको सवालमा काँग्रेसबाट भएका गल्ति कम्जोरीको समिक्षा गर्दै कार्यकताको कामको लेखाजोख र प्रजातन्त्र स्थापनाको आन्दोलनमा आफ्नो रगत पसिना वहाएका कार्यकर्ताहरुलाई एक सूत्रमा बाँध्नेगरी मेरो उम्मेदवारी हुनेछ ।

हिन्दुराज्य कायम गराउने तपाइको अभियानले गर्दा केही काँग्रसका नेता तथा कार्यकर्ता नेपाली काँग्रेसको विकल्पमा नयाँ शक्तिको निर्माण गर्दै हुनुहुन्छ भन्ने आशंका गर्छन नि, के भन्नुहुन्छ ?

 नेपाली काँग्रेसभन्दा अलग हुने भन्ने कुरा म सोच्न पनि सक्दिन । काँग्रेसको विकल्प अरु कोही हुन पनि सक्दैन । हाम्रो देशमा केही वर्ष यता कम्युनिष्टहरु अलि बढी सक्रिय भए अब हाम्रो पार्टीले सङगठनलाई ध्यानमा राख्दै काम गर्नु पर्ने समय आएको विषयमा नेतृत्व गम्भिर हुन जरुरी छ ।

प्रसंग बदलौ, पछिल्लो राजनीतिक परिस्थितिलाई कसरी नियालि रहनुभएको छ ?

 माघ ८मा संविधान जारी गर्नुपर्ने नैतीक जिम्मेवारीबाट सबै दलका नेताहरु चुकेका छन् । त्यसैले अब लोकतन्त्रको अभ्यासकोबाटोलाई अघि बढाउँदै संविधान जति सक्दो छिटो जारी गर्नुपर्ने आवश्यकता हो । शान्ति प्रक्रिया त्यस अघिको १२ बुँदे यी सबै बार्गेनिङ्गका कुरा थिए अब पनि माओवादी बार्गेनिङ्ग नै गर्दै छ,यो कुरा सबै राजनीतिक दलका नेताहरुले जति सक्दो चाँडो बुझनेछन त्यति छिटो संविधान जारी होला होइन भने अनन्त सम्म बार्गेनिङ्गको राजनीति चल्न सक्दैन् ।