शुक्रबार, बैशाख १४, २०८१

सत्तारुढदलको चरित्र दोधारे : डा बाबुराम भट्टराई

काठमाडौं फागुन ६,  एमाओवादीका नेता एवम् पूर्वप्रम डा बाबुराम भट्टराईले सत्तारुढ दलले संविधान निर्माणका लागि सुरु गरिएको प्रक्रिया नरोकेसम्म वार्तामा नबस्ने आफ्नो पूर्व अडान कायमनै रहेका बताउनुभएको छ ।  त्यस्तै एकातर्फ प्रधानमन्त्री सुशील कोइरालाले वक्तव्य जारी गरी वार्तामा आउन आग्रह गर्ने अनि अर्कोतर्फ प्रक्रिया resize_imageजारी राख्नु आफैमा अन्यौलको विषय भएको भन्दै नेता भट्टराईले  वार्ता पनि गर्छौ भन्ने र प्रक्रिया पनि सुरु गर्ने सत्तारुढदलको चरित्र दोधारे भएको बताउँनु भएको छ ।

त्यस्तै उहाँले सत्तारुढदलले माघ ११ गतेको बहुमतीय दम्भ प्रक्रिया नरोक्दासम्म सहमति नहुने र आफूहरु वार्तामा नबस्ने बताउँनु भएको छ ।  नेता भट्टराईले संविधान निर्माणमा दबाब दिन भन्दै एमाओवादीले सुरु गरेको खबरदारी अभियानअन्तर्गत आज खलङ्गामा सञ्चारकर्मीसङग कुरा गर्दै यस्ता अभिव्यक्ति दिनु भएको हो ।

साथै १२ बँदे समझदारी, विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानको भावनाअनुसार आन्दोलनकारी शक्तिबीच सहमति गरेर नयाँ संविधान जारी गर्नुको विकल्प नभएको बताउँदै शान्ति सम्झौताका हस्ताक्षरकर्ता कांँग्रेस, एमाले र माओवादीबीचमा अनिवार्य सहमति बन्न पर्नेमा आज त्यसे हन नसकेकामा उहाँल दुःख पनि व्यक्त गर्नुभएको प्राप्त  समाचारमा उल्लेख गरिएको छ।