शुक्रबार, बैशाख ७, २०८१

संवैधानिक परिषद्को बैठक फागुन १२ मा , बैठकले गर्यो सत्तापक्ष र विपक्षीबीचको संवादको मार्ग प्रसस्त

काठमाडौं फागुन १, लोकसेवा आयोग र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा रिक्त पदाधिकारी नियुक्तिको विषयमा नितिगत निर्णय गर्नका लागि आज बसेको  संवैधानिक परिषद्को बैठकले आगामी १२ गते हर्कोबैठक बस्दै लोकसेवा आयोग र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा रिक्त पदाधिकारी नियुक्तिको टुङ्गो लगाउने निर्णय गरेको छ ।  नियुक्तिसम्बन्धी कुरा मिलाउन बाँकी रहेकाले प्रधानन्यायाधीश रामकुमारप्रसाद साह रुस भ्रमणबाट फर्कनु भएपछि फागुन १२ गते बैठक डाक्ने तय भएको परिषद्को सदस्य सभामुख सुवास नेम्वाङले जानकारी दिनुभयो ।

बैठकपछि पत्रकारहरूलाई सभामुख नेम्वाङले अख्तियार र लोकसेवा आयोगका सम्बन्धमा गम्भीर छलफल भएपनि नियुक्तिसम्बन्धी कुरा मिलाउन बाँकी रहेकाले फागुन १२ गते बैठक बस्ने भएको जानकरी दिनुभएको छ । आजको बैठकमा परिषद् अध्यक्ष प्रधानमन्त्री सुशील कोइराला उपप्रधान तथा गृह मन्त्री वामदेव गौतम र प्रतिपक्षी नेता पुष्पकमल दाहालले सहभागी हुनुहुन्थ्यो ।

यसैवीच परिषदको आजको बसेको बैठकले संवैधानिक निकायमा नियुक्तिको कुनै निर्णय नगरेपनि गत माघ ११ गते यता देखि पानी वारावारको स्थितीमा रहेको सत्तापक्ष र विपक्षीबीच संवादको मार्गलाई प्रसस्त गरेको सभामुख नेम्वाङलेजानकारी दिनुभएको छ । आजको बैठकमा प्रम सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच संवादको समय तय भएको र कोइराला आजै साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुवीच छलफल गर्ने तय भएको उहाँले बताउँनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031