शुक्रबार, बैशाख १४, २०८१

निर्धारित मितिमा नयाँ संविधान जारी गर्नुको विकल्प नभएको नेका पदाधिकारी बैठकको निष्कर्ष

काठमाडौ पौष २१, प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा काँग्रेसको पदाधिकारीको आज प्रम निवास बालुवाटारमा बसेका बसेको बैठकले निर्धारित मितिमा नयाँ download (3)संविधान जारी गर्नुको विकल्प नभएको निष्कर्ष सहित राजनीतिक दलहरूसङगको वार्तालाई निरन्तरता दिने निर्णय गरेको छ । त्यस्तै बैठकले संविधानका विवादित सवालमा समेत सहमति बनाउन जुटाउन सत्ता साझेदार दल, एमाओवादी र मधेसवादी सहितका अन्यदलसङग पनि तथा साना लचकताका साथ प्रस्तुत हुने निर्णय गरेको नेका उपसभापति रामचन्द्र पौडेलले बैठक पछि जानकारी दिनुभएको हो ।

यसैवीच सभामुख सुवास नेम्वाङले दलहरूलाई संविधानका मस्यौदामा सहमतिका लागि दिनुभएको समयसीमा आज सकिँदैगर्दा संविधानका विवादित सवालमा सहमति जुटाउन सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दल, सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दलसहित मधेसवादी दलको बैठक छुट्टाछुट्टै रुपमा बालुवाटारमा बस्दै गरेको थाहा भएको छ ।