शनिबार, बैशाख १५, २०८१

केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले भने- सडक सङ्घर्षको विकल्प छैन

काठमाडौ माघ १५, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा बेलदै सहमतिका आधारमा संविधान जारी गराउनका dhaallलागि आफूहरू जनपरिचालनसहित सडक सङ्घर्षमा जानुपर्नेमा जोड दिनुभएको छ । त्यस्तै उहाँले सत्तारुढ दल सहमतिकोलागि सकारात्मक नदखिएको भन्दै सडक सङ्घर्षको विकल्प नभएको बताउँनुभएको बुझिएको छ। त्यस्तै अध्यक्ष प्रचण्डले बैठकमा संविधानसभाध्यक्षले पनि पदीय मर्यादा बिर्सेर प्रस्तुत भए, अघिल्लो पटक जेठ १४ गते संविधानसभाको बैठक राखौँ भन्दा रगतको खोलो बग्छ भन्ने सभाध्यक्ष यस पटक सत्तारुढ दलको प्रवक्तामा प्रस्तुत भएको विमति प्रकट गर्द

जसरी माघ ११ गते बलजफ्ती गरेरै प्रश्नावली समिति बनाए, त्यसले परिवर्तनका एजेन्डा धरापमा पर्ने स्थिति देखिएको बताउँनु भएको सम्वद्ध स्रोतलाई उदृत गर्दै प्रप्त समाचारमा उल्लेख गरिएको छ।   यसैवीच पार्टी प्रवक्ता दीनानाथ शर्माले भने आजको बैठकमा अध्यक्ष दाहालले मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान निर्माणमा सहमति हुन नसक्नाको कारण, सत्तारुढ दल किन सहमति चाहँदैननलगायत विषयमा धारणा राखेको जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा १३ राज्य समितिका इन्चार्जले रिपोर्ट पेस गरेको र शुक्रबार पोलिटब्युरोसम्मको बैठक बस्ने तथा शनिबार पुनः केन्द्रीय समितिको बैठक बोलाइएको जानकारीदिनुभएको समाचारमा जनाईएको छ।