बिहिबार, बैशाख १३, २०८१

प्रश्नावली समितिको बैठक भोलि अपरान्ह बस्दै

काठमाडौ माघ १६ , संविधानका विवादित विषयको सम्बोधनार्थ गठित प्रश्नावली समितिको बैठक १७ गते शनिबार अपराह्न १ बजे बस्ने भएको छ । संविधानसभाको यही sambidhanमाघ ११ गते बसेको बैठकले एमाओवादीलगायत दलको अवरोध भए पनि ४९ सदस्यीय प्रश्नावली समिति गठन गरेको थियो । सो समिति ७३ सदस्यीय भए पनि एमाओवादी नेतृत्वमा रहेको १९ दलीय गठबन्धनका तर्फबाट हालसम्म कुनै पनि सदस्य सहभागी भएका छैनन् ।

संसद् सचिवालयल स्रोतका अनसार समितिको बैठक ज्येष्ठ सदस्य कुलबहादुर गुरुङको अध्यक्षतामा बस्ने तयारी गरिएको र यदि उहाँको अनुपस्थिति रहेमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई अध्यक्षता गर्न आग्रह गरिने तयारी रहेका बुझिएको छ ।  प्रश्नावली समितिले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले सहमति जुटाउन नसकेका संविधानका मूलभूत अन्तर्वस्तुका विषयमा प्रश्नावली निर्माण गर्नेछ । समितिको पहिलो बैठकमा कार्यविधि तयार गरिने तथा त्यसपछिका बैठकमा विवादित विषयलाई प्रश्नका रुपमा सूत्रबद्ध गरिनेछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031