शुक्रबार, बैशाख १४, २०८१

१९ दलको सडक आन्दोलनको कुरा नगर्न सञ्चारकर्मीहरुलाई नेता खनालको सुझाव

काठमाडौ पौष ६,  रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा एमाओवादीको १० वर्षको जनयुद्ध देखिसकेकोले १९ दलको सडक आन्दोलनको कुरा नगर्न सञ्चारकर्मीहरुलाई सुझाव दिदै नेकपा एमालेका पूर्वअध्यक्ष एवम् वरिष्ठ नेता झलनाथ खनालले माघ ८ भित्रै संविधान जारी गर्ने पक्षमा Jhalanath-Khanalसंविधानसभामा अत्यधिक बहुमत रहेकाले संविधान जारी हुनेमा विश्वस्त रहन आग्रह गर्दै माघ ८ गतेसम्म प्रक्रियामा गएर भए पनि संविधान जारी गरिने बताउनुभएको छ ।

त्यस्तै उहाँले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानसभामा पठाएको प्रतिवेदन कुनै पनि हालतमा फिर्ता हुन नदिने प्रष्ट पार्दै आमजनतालाई अधिकार सम्पन्न बनाउन यावत विभेद्को अन्त्य गरि गर्न र विभिन्न चरणमा जनताले गरेको सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्नु आजको आवश्यकत रहेको बताउँदै प्रक्रियाको विरोध गर्ने दललाई प्रतिकार गर्ने चेतावनी दिंनुभएको छ ।

साथै संघीयताको नाममा मधेस र पहाडलाई कुनै पनि हालतमा छुट्टयाउन नदिने प्रष्ट पार्दै उहाँले त्यसवेला पनि एमाओवादीले सही बाटो नलिंदा पहिलो संविधानसभा विघटन भएको स्मरण गर्दै एमाओवादी अहिलपनि त्यहिबाटमा उन्मुख रहको जिकिर गर्नु भएको छ ।