शुक्रबार, चैत्र १६, २०८०

सत्ताधारी दलसङगको वार्ता असफल,सङ्घर्षका लागि मोर्चाद्वारा कार्यदल गठन

काठमाडौ पौष ६, एमाओवादी नेतृत्वको १९ दलीय मोर्चाले प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (एमाले)सँग वार्ता असफल भएको भन्दै एमाओवादीको संसदीय दलको कार्यालयमा आज बसेको morcha-meeting-1मोर्चाको बैठकले सङ्घर्षको कार्यक्रम तय गर्न ११ सदस्यीय कार्यदल गठन गरेको छ ।

यसरी गठन गरिएको र्कायदलमा सङ्घर्षको कार्यक्रम तय गर्न कृष्णबहादुर महरा, हृदयेश त्रिपाठी, जितेन्द्रनारायण देव, प्रेमबहादुर सिंह, गोपाल दहित, लक्ष्मणलाल कर्ण, डा विजय संैजु, रुक्मिणी चौधरी थारु, रानी शर्मा तिवारी, रामकुमार राई र राजेन्द्र श्रेष्ठ रहका छन ।  कार्यदलले सङ्घर्षका कार्यक्रम पेस गर्ने र त्यसपछि भोली नै अपराह्न बस्ने मोर्चाको बैठकले सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्ने सम्वद्ध स्रोतल जनाएको छ ।

यसैवीच मोर्चाले आइतबार नै संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई भेटेर मोर्चामा भएका छलफलका बारेमा जानकारी गराएको छ । उसले संविधानसभामा रहेका विवादका प्रतिवेदनलाई पुनः संवैधानिक(राजनीतिक संवाद तथा सहमति समितिमा नै पठाउनका लागि आग्रह गरेको छ ।