शनिबार, बैशाख १५, २०८१

वैद्य माओवादीको भेलामा आज अध्यक्षको प्रतिवेदनमा समूहगत छलफल हुँदै

काठमाडौं पौष १२, शुक्रवारवाट शुरु भएको नेकपा माओवादीको ३ दिने भेला ।राष्ट्रिय भेला आज पनि जारी रहनेको छ । बानेश्वरस्थित एक पार्टी प्यालेसमा भइरहेको आजको pampha_bhusalभेलामा आज अध्यक्षको प्रतिवेदनमा समूहगत छलफल हुनेछ प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभइको छ ।

त्यस्त प्रवक्ता पम्फा भुसालका अनुसार अध्यक्षको प्रतिवेदनमा समूहगत छलफलका लागि समुहगत छलफल भएपछि आज दिउँसोदेखि समूहका निष्कर्षहरु समूह नेताले प्रस्तुत गर्ने कार्यक्रम तय भउको बताइएको छ । भेलामा सबै जिल्लाका प्रतिनिधिका साथै भारत, यूरोप तथा मध्यपूर्वका देशहरुबाट समेत गरी करिब ९ सय प्रतिनिधि र केन्द्रीय सदस्यको सहभागिता रहेको माओवादीले जनाएको छ ।