शनिबार, बैशाख १५, २०८१

बाँके काँग्रेसका सभापति डा. कोईरालाको निधन

dr-arun-koirala-395x237काठमाडौं मङसिर २,  नेपाली काँग्रेस बाँकेका सभापति  एवं प्रधानमन्त्री सुशिल कोईरालाका भाई डा.अरुण Congress-flagकोईरालाको सोमबार निधन भएको छ । केही समययता भारतको मेदान्त अस्पतालमा उपचारकालागि भर्ना हुनुभएका सभापति कोईरालाको छाति र फोक्सोमा समस्या देखिएपछि उपचारकालागि भारत लगिएको थियो ।
सन् १९४१ अगस्त १५ मा जन्मिनु भएका कोइरालाले सन् १९६० को दशकमा नेपाली काँग्रससङमा आवद्ध भई राजनीतिक यात्रा शुरुवात गर्नु भएको

थियो । त्यस्तै डा. कोईरालाले भारतको महात्मागान्धि विश्वविद्यालयबाट सन् १९६०मा आइएस्सी उति��्ण गरी इन्स्टिच्युट अफ मेडीकल साइन्स वणारस -हिन्दु विश्वविद्यालय०बाट एमविविएस चिकित्सा सास्त्र सम्मको अध्ययन गर्नुभएको थियो ।आफ्नो राजनीतिक सक्रियता नवलपरासी जिल्लामा वीपी कोइरालासङगै काम गरेर शुरु गर्नुभएका कोईरालाले मेडिकल एसोशियसन मार्फत प्रजातान्त्रिक गतिविधिमा सक्रिय रहनुभएको थियो । १९६७मा वैवाहीक जिवनमा बाँधिनुभएका स्वर्गिय कोईराला ०६६साल देखि नेपाली काँग्रेस बाँकेको पार्टी सभापतिमा निर्वाचित भई काम गर्दै आउनुभएको थियो ।  –बसन्त शर्मा