शुक्रबार, चैत्र १६, २०८०

५ दर्जन यात्रु सवार यात्रुवाहक बस भेरी नदीमा दुर्घटना,तीनको मृत्यु

काठमाडौं मङसिर ४,  काठमाडौं मङसिर ४, जाजरकोटको खलङगाबाट सुर्खेतको आउंदै गरेको करीब ५ दर्जन यात्रु सवार ना २ ख १४०८ नम्बरको jajarkot-jilla-super-final5बस भुर गाउँ विकास समिति स्थित भेरी नदीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ ।

नदीमा पौडी खेलेर दश यात्रु बाच्न सफल भएपनि उनिहरुको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । पौडी खेलेर बाच्नेमा तीन महिला र सात पुरुष रहेका छन् । बसमा सबार अन्य यात्रुलाई भने भेरी नदीले बगाएको प्रहरीलाइउदत गदै प्रापत समाचारमा जनाइएके छ ।
प्रहरी र स्थानियबासिन्दाले घटनास्थलमा उद्दारको प्रयास गरिरहेको छ । सडकबाट मात्र २० मिटर तल खसेको बस पूर्ण रुपमा भेरी नदीमा डुबेको बुझिएको छ ।