शुक्रबार, बैशाख १४, २०८१

१२ बुँदे सहमतिदेखिका सहयात्रीकाबीच दूरी बढ्दै गएकोमा सभापति डा.भट्टराईद्दारा चिन्ता व्यक्त

  • संवाद समितिको बैठक पनि निष्कर्ष विहिन

  • सत्ताधारी दलले देखाएको प्रवृतिले संविधान बन्न नसक्ने प्रचण्डको जिकीर

  • सहमतिको नाममा सहमति खाज्ने सभापति भट्टराइको प्रस्ताव अस्विकार

काठमाडौ कात्तिक २८, संविधानका विवादित सवालमा सहमति बनाउँन भन्दै प्रधानमन्त्री निवास वालुवाटारमा बसेको प्रमुख तीनदलको बैठक निष्कर्ष विहिन भएर टुङगीए पछि बसेको आजको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक आज पुनः निष्कर्षविहीन भएको छ । बैठकमा यसअघि जस्तै दलहरु आआफ्नै baburam-bhattaraiअडानमा बसेका कारण बैठक निष्कर्षविहीन भएको हो ।

��ैठकको सुरुमा समितिसभापति डा बाबुराम भट्टराईले सहमतिका लागि केही दिन पुनः समय थप गर्न आग्रह गदै दलहरुबीच सहमतिको सम्भावना रहेको र केही दिन औपचारिक तथा अनौपचारिक संवाद गर्ने हो भने सहमति बन्नसक्नेतर्फ सङकेत गदै उहाँले पाँच दिनको समय थप गर्न आग्रह गदैगर्दा सत्ताधारी दल काँग्रेस र एमालेका सभासद्हरुले सहमतिको नाममा सहमति खोज्दै कति दिन जाने हो भन्दै सभापति भट्टराइको प्रस्ताव अस्विकार गरेका थिए ।

यसरी आफुले राखेको प्रस्तावमा दलहरुले अस्विकारको अडान राखेपछि बैठकमा सहमति हुन नसकेको बैठकपछि सभापति डा भट्टराईले पत्रकारहरुलाइ जानकारी दिदै १२बुँदे सहमतिदेखिका सहयात्रीकाबीचमा न्यूनतम विषयमा सहमति कायम हुनुको साटो दूरी झन् बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको थियो । साथै उहाँले आज बिहान प्रम निवास बालुवाटारमा बसेको बैठकमा समेत सहमति कायम गर्न शीर्ष नेतालाई आग्रह गरेको तर आफ्नो आग्रहलाई कोही कसैले पनि नसुनेको गुनासो सहित समितिको अर्को बैठक आगामी मङ्सिर १ गते दिउँसो १ बजेका लागि राखिएको उहाँले जानकारी दिनु भएको थियो ।

यसैबीच, समितिको बैठकपछि बाहिरिने क्रममा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुले सहमतिका लागि थप पहल गरौँ भन्दा सत्तारुढ दलहरुले त्यसलाई अस्वीकार गरेको बताउँदै काँग्रेस र एमालेले सहमति बनाउनेभन्दा पनि आफ्नो प्रस्तावलाई जसरी भएपनि संविधानसभामा लैजाआँै भन्ने ढङ्गले प्रस्तुत भएको भन्दै सत्ताधारी दलको यो प्रवतिले संविधान बन्न नसक्ने बताउँनु भयो ।   तर काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले आफूहरु सहमतिको बाधक नभएको जनाउँ दिदै आजको बैठकमा काँग्रेस र एमालेका तर्फबाट प्रस्तुत भएको प्रस्ताव जस्ताको तस्तै संविधानसभामा पठाइदिन आग्रह गर्दा एमाओवादी अत्तालिएको प्रतिक्रिया दिनु भएको थियो ।

संवाद समितिको बैठकपछि सभापति भट्टराईले भने – नेताहरुले आफ्नो स्वार्थ नछोडे देश द्वन्द्वमा जाँदैछ