आइतवार, चैत्र १९, २०७९

आरोपप्रत्यारोप एवम रस्का कस्सी पछि आज संवाद समितिको बैठक बस्दै

काठमाडौ कात्तिक २५, संविधानका विवादित विषयमा सत्तारुढदलको तर्फबाट प्रस्तुत साझा अवधारण पछि धुव्रीकृत हुदै आएका मुलुकका प्रमुख दल baburam-bhattaraiर अवधारणलाइ कुनै सम्बोधन नै नगरी स्थगन हुँदै आएको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक यसवीचमा दलहरुवीच चलेको आरोपप्रत्यारोप एवम रस्काकस्सी पछि आज बस्ने भएको छ । आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने समितिको बैठकमा राज्यपुनर्संरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीको सम्बन्धमा प्रस्तुत साझा अवधारण माथि समेत छलफल गरिने तयारी भएको बुझिएको छ ।

यसअघि समिति सभापति डा . बाबुराम भट्टराई विरामी भएका कारण भन्दै स्थगन हुँदै आएको समितिको बैठक समिति सभापति डा.भट्टराईको स्वास्थ्य उहाँको निजी सचिवालयले जनाएको छ । स्थितीमा स्वास्थ्यमा सुधार आएपछि बस्न लागेको उहाँको निजी सचिवालयले जनाएको छ ।

पछिल्लो समय सत्तारुढदल नेपाली काँग्रेस र नेकपा एमालेले ७ प्रदेशसहितको साझा धारणा समितिमा प्रस्तुत गरेपछि दलहरु धुव्रीकृत अवस्थामा पुगेको थियो । सत्ताधारी दलहरुले आफूहरुको प्रस्ताव संविधानसभामा छलफलका लागि पठाउनुपर्ने बताउँदै आएका छन् भने एमाओवादी लगायतका विपक्षी दलहरुले अनुसुची वा सन्दर्भ सामग्रीको रुपमा मात्र काँग्रेस र एमालेको प्रस्तावलाई स्वीकार्न सकिने तर औपचारिक रुपमा संविधानसभामा छलफलका लागि पठाउन नमिल्ने अडानका बसेका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31