शुक्रबार, बैशाख १४, २०८१

विस्तारित क्षेत्रीय सहयोगबाट विकासको प्रतिफल जनतासमक्ष पु-याउनुपर्छ  :प्रम कोइराला

 काठमाडौं मङसिर ११, प्रधानमन्त्री सुशील कोइरालाले सार्कको १८ औं शिखर सम्मेलनको उद्घाटनका अवसरमा आज दिनुभएको स्वागत भाषणको पूर्ण पाठ (अनौपचारिक अनुवाद)–

अध्यक्ष महोदय,
1 spसार्क सदस्य मुलुकका महामहिम राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरु,
विशिष्ट प्रतिनिधिमण्डल,
भद्र महिला तथा सज्जनवृन्द,

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को १८ औंँ शिखर सम्मेलन आयोजना गर्नु नेपालमा निम्ति सम्मान र सौभाग्यको विषय हो । नेपाली जनता तथा नेपाल सरकार र मेरो आफ्नै तर्फबाट तपाईँहरु सबैलाई  काठमाडौंमा न्यानो स्वागत गर्दै यहाँहरुको नेपाल बसाइ सुखद् एवम् उपयोगी होस् भन्ने कामना गर्दछु ।  बितेका तीन वर्षमा सार्क प्रक्रियालाई सर्वोत्कृष्ट नेतृत्व प्रदान गर्नुभएकामा गणतन्त्र माल्दिभ्सका महामहिम राष्ट्रपति अब्दुल्ला यामिनप्रति आभार प्रकट गर्दछु । यो शिखर सम्मेलनको तयारी प्रक्रियामा सार्कका महासचिव र सार्क सचिवालयले गरेको योगदानप्रति पनि म कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।

महामहिम तथा विशिष्ट प्रतिनिधिमण्डल,  हामीले शिखर सम्मेलन गरिरहँदा सारा विश्वले दक्षिण एसियालाई नियालिरहेकोे छ । अन्तर्राष्ट्रिय वातावरण द्रुत गतिमा परिवर्तन भइरहेको तथा हाम्रो समाज र अर्थतन्त्र एकअर्कामा अन्तरसम्बन्धित र अन्तरनिर्भर रहेका बेला यो बैठक भइरहेको छ । रणनीतिक भूगोल, मध्यम वर्गको उन्नत जनसङ्ख्याको रुपरेखा, परिश्रमी युवा जमात, बढ्दो प्रजातान्त्रिक प्रक्रिया, अपार प्राकृतिक स्रोत, मूल्यवान् जैविक विविधता तथा आर्थिक आयामले दक्षिण एसियालाई अपार बजारयुक्त बनाएको छ । विश्वव्यापी उत्कर्ष हासिल गर्न यो क्षेत्रसँग रुपान्तरणात्मक सम्भावना छन् ।

हाम्रा जनताका नयाँ उत्साह, आशा, अपेक्षाका साथ हामी भेला भएका छौं । सार्क स्थापनाकाल देखि नै यस क्षेत्रमा प्रजातान्त्रिकीकरणको दिशामा भएका अविचलित प्रगतिप्रति हामीले गर्व गर्नुपर्छ । सबैभन्दा विशाल भारतीय प्रजातन्त्रको उद्भवले सुदृढ सभ्यता शक्तिका रुपमा अभिप्रेरित गरेको छ । पछिल्लो शिखर सम्मेलन यता यस क्षेत्रमा शृङ्खलाबद्ध निर्वाचन भइ वैधानिक एवम् शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण भएका छन् । विशिष्ट एवम् सम्मानित नेताहरुलाई उहाँहरुको सफलताप्रति म बधाई ज्ञापन गर्न चाहन्छु ।

विशाल विविधतामा अद्वितीय एकता यो क्षेत्रको अनुकूलन हो । अन्तर्राष्ट्रिय आतङ्कवाद, अन्तरदेशीय अपराध, लागुपदार्थ र हातहतियार तथा मानव तस्करी, जलवायु परिवर्तन एवम् गरिबीजस्ता केही चुनौतीले हामीलाई निरन्तर गिज्याइरहेको छ । तिनले सामाजिक सम्बन्ध, शान्ति, राजनीतिक स्थायित्व, प्रजातान्त्रिक प्रक्रिया र विकासलाई कमजोर पारेका छन् । ती चुनौतीको सामना गर्न तथा स्रोत र साधनको समुचित उपयोगका लागि इमान्दारीपूर्वक हामीले काम गर्न जरुरी छ । यस क्षेत्रका जनतासमक्ष गरिएका वाचा पूरा गर्न सामूहिक प्रतिबद्धता चाहिन्छ ।

विशिष्ट प्रतिनिधिमण्डल,  हाम्रो सामूहिक अन्तस्करणमा गरिबी अभिशापका रुपमा विद्यमान छ । यही नै खराब गतिविधिको प्रमुख स्रोत हो । यसले हाम्रा समाजहरुमा धेरै वैमनस्य र तनाब सिर्जना गरेको छ । हाम्रा साझा प्रयासबाट गरिबी र भोकमरीका कारण अमानवीय अवस्थामा रहेका यस क्षेत्रका जनतालाई मुक्त गर्न सकेमा त्यो २१ औंँ शताब्दीको सफलताको गाथा हुनेछ । गरिबी बहुआयामिक छ । त्यसैले कृषि, स्वास्थ्य, सरसफाइ, शिक्षा र महिला सशक्तीकरणजस्ता महत्वपूर्ण क्षेत्रमा हाम्रा साझा प्रयास आवश्यक छन् । अनियमित मौसम, जलवायु परिवर्तनका कारण उत्पन्न प्राकृतिक विपत्तिले दक्षिण एसियालाई जोखिमपूर्ण बनाएको छ । हिमाली हिमनदी होस् वा समुद्री सतहवृद्धि, तिनले विनाशकारी बढीले हाम्रा पहाड र तराईका जनतालाई पारेर निरन्तर कष्ट दिइरहेका छन् । वातावरणीय क्षयीकरण र जलवायु परिवर्तनका नकारात्मक प्रभावले हाम्रा जनतालाई थप भयभीत तुल्याएको छ । साझा तर पृथक जिम्मेवारीयुक्त नियमनकारी निकायसँगै जलवायुसम्बन्धी न्यायपूर्ण संयन्त्र निर्माणको हामी आह्वान गर्दछौंँ । अनुकूलन तथा न्यूनीकरणका उपाय अवलम्बन गर्न क्रियाशील कोष परिचालन संयन्त्र पनि चाहिन्छ । जवाफदेहिताबिना यो विश्वलाई दूषित तुल्याउने अधिकार कसैलाई छैन ।

भौगोलिक रुपमा निकट रहे पनि हाम्रो क्षेत्र सबैभन्दा कम एकीकृत भूभाग हो । सम्पर्कको अभावमा हामी एकअर्काबाट टाढा छाँैं । अन्तरक्षेत्रीय व्यापार तथा लगानीको मात्रा घटिरहेको छ । यसका निम्ति परिमाणात्मक वृद्धि, विस्तृत आर्थिक सम्बन्ध र साफ्टालाई पूर्ण कार्यान्वयन गर्नुपर्छ । दक्षिण एसियाली आर्थिक सङ्घको लक्ष्य हासिल गर्न सेवा व्यापारसहित व्यापार उदारीकरण गर्नुपर्छ । मालसामान, सेवा, पुँजी र जनताको बृहत् प्रवाहका लागि हामीले सडकमार्ग रेलमार्ग, हवाई मार्ग, पाइप लाइन, बन्दरगाह, जलमार्ग निर्माण गर्नुपर्छ ।

महान् सभ्यताको उद्गमस्थल दक्षिण एसियामा दर्शनीय सम्पदा छन् । प्रकृतिले हामीलाई विश्वको सर्वोच्च शिखर सगरमाथाजस्ता हिमालय र नीला गहिरा समुद्रजस्ता अनुपम उपहारले वैभवशाली तुल्याएको छ । भौगोलिक लाभांश प्राप्त गर्न तथा यस क्षेत्रका जनताको बिनाअवरोध आवागमन प्रवद्र्धन गर्न हामीले नागरिक संस्था, निजी क्षेत्र र नागरिक समाजबीच एकताबद्ध साझेदारी गर्दै सार्क प्रक्रियालाई कार्यान्वयन गर्नुपर्छ । यसो गरेमा काठमाडौँ शिखर सम्मेलनको शीर्ष शीर्षक ‘शान्ति र समृद्धिका लागि गहन एकता’ वास्तविक रुपमा सार्थक हुनेमा म विश्वस्त छु ।

महामहिम तथा विशिष्ट प्रतिनिधिमण्डल,   हाम्रो क्षेत्रमा युवा तथा सशक्त जनसङ्ख्याको विशाल समूह छ तर विश्वका अन्य भाग भने श्रमिक जनशक्तिको अभाव झेलिरहेको छ । यद्यपि, स्वदेशमा रोजगारीका पर्याप्त अवसर उपलब्ध नहुँदा ठूलो सङ्ख्यामा युवा शक्ति कामका लागि बिदेसिनने गरेका छन् । आप्रवासी कामदारले पठाएको विप्रेषणबाट राष्ट्रिय आयमा ठूलो योगदान पुगे पनि त्यसले मनौवैज्ञानिक, आर्थिक तथा सामाजिक मूल्य चुकाउनु परेको छ । यस्तो अवस्थाले क्षेत्रीय कार्यक्रममा मानव संसाधनको अत्यधिक उपयोगको माग गरेको छ । आप्रवासी कामदारको सुरक्षा, रक्षा र सम्मानका लागि अन्तर्राष्ट्रिय मञ्चमा साझा अवधारणा बनाउन हामीले संयन्त्र बनाउन जरुरी छ ।

महामहिमहरु,    आतङ्वाद हाम्रो साझा शत्रु हो, जसले सभ्य जीवनशैलीमा खतरा बढाएको छ । दक्षिण एसिया आतङ्कवाद तथा विविध अन्तरदेशीय अपराधको सिकार भएको छ । चरमपन्थी अतिवाद तथा धार्मिक अतिवादिताका साथै आतङ्कवादका सबै रुपविरुद्ध सामूहिक तथा निर्विवाद सङ्घर्ष गर्नुपर्छ । आतङ्वादसँगको सम्झौताले शान्तिको संस्कारमा आघात पर्छ । सार्कअन्तर्गत हामीले केही संस्थागत संरचना बनाएका छौंँ तर तिनको प्रभावकारी एवम् इमान्दारी कार्यान्वयन आवश्यक छ । कानुन कार्यान्वयन गर्ने हाम्रा संस्थाबीच समयमै महत्वपूर्ण सूचनाको आदानप्रदान हुनुपर्छ ।

सुशासन प्रवद्र्धनका लागि साझा चुनौतीका रुपमा रहेको भ्रष्टाचारले पनि शान्ति, स्थायित्व, प्रजातन्त्र र विकासमा जोखिम पु-याएको छ । प्रजातान्त्रिक शासन पद्धतिका लागि हाम्रा जनताले दशकौंँसम्म गरेको सङ्घर्ष र असमान दुःखकष्ट झेलेर जिम्मेवार, पारदर्शी र भ्रष्टाचारमुक्त शासन व्यवस्था स्थापना गरेका छन् । हामीले शासन पद्धतिका रिक्तता पूरा गर्दै प्रजातान्त्रिक मूल्यमान्यतालाई जस्तोसुकै परिस्थितिमा पनि अवमूल्यन हुन दिनुहुँदैन ।  सार्कअन्तर्गत हामीले धेरै संयन्त्र गठन गरेका छौंँ । तिनीहरुलाई सक्षम, प्रभावकारी एवम् परिणाममुखी बनाउनुपर्छ । बदलिँदो परिस्थितिमा सार्कका लक्ष्य र जिम्मेवारी पूरा गर्न सार्क सचिवालयको संस्थागत क्षमता सुदृढ गर्नुपर्नेमा हाम्रो दृढ विश्वास छ । सार्क प्रक्रियामा सामेल भएकामा पर्यवेक्षकप्रति हामी आभार व्यक्त गर्दछौं । हामी उहाँहरुले विभिन्न क्षेत्रमा हासिल गरेका अनुभव तथा विशेषज्ञताका साथै स्रोतसाधनबाट लाभान्वित हुनेमा पूर्ण विश्वस्त छौं । पर्यवेक्षकलाई सार्कमा अर्थपूर्ण रुपमा सामेल गराउन दिगो प्रारुप विकास गर्नुपर्छ ।

विशिष्ट मित्रगण,  मन्तव्य टुङ्ग्याउनुअघि नेपालको पछिल्लो राजनीतिक विकासक्रमबारे केही शब्द व्यक्त गर्न चाहन्छु । नेपालको प्रमुख प्राथमिकता सशस्त्र विद्रोहीलाई मूलधारमा समाहित गरेर प्रारम्भ गरिएको संवैधानिक प्रजातान्त्रिक राजनीतिसहितको संविधानसभाबाट प्रजातान्त्रिक संविधान जारी गरी शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनु हो । सबै राजनीतिक दल संविधान लेखन प्रक्रियामा सामेल भएका छन् । देशमा शान्ति र प्रजातन्त्रलाई संस्थागत गर्ने कार्यमा र प्रमुख संवैधानिक विषयमा हामीले उल्लेखनीय प्रगति हासिल गरेका छौंँ । संवैधानिकताको भावना, राजनीतिक बहुलता, सर्वमान्य प्रजातान्त्रिक मान्यता, विधिको शासनयुक्त नयाँ संविधानले प्रजातान्त्रिक उपलब्धिलाई संस्थागत गर्दै समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको आधार तयार पार्नेछ ।  नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले प्रतिपादन गर्नुभएको पारस्पारिक विश्वास एवम् समझदारीमा आधारित राष्ट्रिय मेलमिलाप नीति तथा राष्ट्रिय एकताबाटै देशलाई स्थायित्व दिन सक्नेमा हामी दृढ विश्वस्त छौंँ । सन् २००६ को जनआन्दोनका नेता जिपी कोइरालाले विभिन्न राजनीतिक आदर्श बोकेका दलहरुलाई राष्ट्रिय स्वाधीनता, प्रजातन्त्र र मानवअधिकार रक्षाका लागि एकै थलोमा ल्याउनुभयो । संविधान लेखनका निम्ति हामीले उहाँका आदर्शलाई अङ्गीकार गरेका छौं । देशका राजनीति दलहरुको साझा प्रतिबद्धता, छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायका मित्रहरुको सद्भाव एवम् सहयोगमा नेपाल शान्ति, स्थायित्व तथा प्रजातान्त्रिक शासन पद्धतिको बाटामा अग्रसर हुन लागेको छ । शान्तिपूर्ण, स्थिर एवम् प्रजातान्त्रिक नेपाल हाम्रा छिमेकीका साथै क्षेत्रीय र विश्वस्तरमा यहाँको स्थायित्वका लागि सघाउने मुलुकको दीर्घकालीन हितमा छ भन्नेमा हामी विश्वस्त छौं ।

शान्तिपूर्ण सहयोगको संरचनामा सार्क मुलुक बाँधिएका छन् भन्नेमा म विश्वस्त छु । यद्यपि, विगतलाई फर्केर हे-यौंँ भने हाम्रा लक्ष्य तथा उपलब्धि अपेक्षा गरिएअनुरुप छैनन् । दक्षिण एसियामा उपलब्ध अपार स्रोत र साधनको भरपूर उपयोग र एकार्कालाई लाभ हुने क्षेत्रमा समेत असहयोगका कारण तीन दशक लामो सार्कको यात्रा लक्ष्यसम्म नपुगेको हो । तीन दशक लामो अनुभवले हाम्रा कार्यशैलीलाई परिवर्तन गर्दै बृहत् आर्थिक तथा प्राविधिक नवप्रवर्तन अँगाल्नुपर्ने आवश्यकता औंँल्याएको छ । भावी पुस्तालाई कस्तो सार्क हस्तान्तरण गर्ने हो भन्ने निर्णय गर्ने बेला भइसकेको छ । लामो समयदेखि धैर्यपूर्वक जनताले प्रतीक्षा गरिरहेका छन् । विस्तारित क्षेत्रीय सहयोगबाट विकासको प्रतिफल सार्क मुलुकका जनतासमक्ष पु-याउनुपर्छ । दक्षिण एसियाको समग्र विकासका लागि अवरोध र चुनौतीलाई सम्बोधन गरौंँ, हाम्रो एकता सबल पारौं, ऐक्यबद्धता प्रवद्र्धन गरौंँ । विगतका पूर्वाग्रहपूर्ण मनस्थितिबाट मुक्त हुने साहस गर्दै सार्कलाई सबल, एकीकृत र अर्थपूर्ण माध्यमका रुपमा विकास गरौंँ । शान्तिका अग्रदूत तथा यस क्षेत्रका सपूत गौतम बुद्धले हामीलाई सिकाउनुभएको उद्धरण उद्धृत गर्न चाहन्छु, “आफँैमा दीप होऊ । आफ्नो आत्मविश्वास आफैंँ होऊ । सत्य र सत्यलाई मात्र आफैंँमा उच्च राख ।  शान्ति, स्थायित्व र प्रजातन्त्र नै उपलब्ध स्रोतको उपयोग, जनताप्रति गरिएका वाचा पूरा गर्ने र चुनौती सामना गर्ने एक मात्र माध्यम हुन् । नेपाल सार्क सदस्य मुलुकका साझा दृष्टिकोण र चाहना पूरा गर्न सहकार्यका निम्ति सधैँ तत्पर छ । म सार्कका उद्देश्यप्रति नेपालको अपार प्रतिबद्धता पुनः दोहो¥याउन चाहन्छु । धन्यवाद ।  जय सार्क, जय नेपाल । रासस