शुक्रबार, बैशाख १४, २०८१

अन्तत यो वा त्यो बहानाम दलहरु सहमति बनाउँन असफल

काठमाडौं कात्तिक १६, संविधानका विवादित विषयमा साझा धारणा बनाउन नसकेका दलहरु आज अन्तिम प्रयास गर्ने भएका छन् । आज नभए संविधानसभाका विवादित विषयमा सहमति र असमति भएको दुवै प्रतिवेदन पेश गरिने भएको छ ।
3-party-flage-483x346संविधानसभाको राजनीतिक सम्वाद तथा सहमति समितिलाइ पटक पटक सहमति बनाउँन भन्दै म्याद दिदा पनि दलहरुले यो वा त्यो बहानामा सहमतिको सुगा रताइ सिवाय उपब्धीमुलक कार्य सम्पादन नगरेपछि राजनीतिक सम्वाद तथा सहमति समिति आफैमा असफल भएको हो ।  साथै आज बस्ने संविधानसभाको बैठक पूर्व दलहरुले सहमतिका लागि अन्तिम प्रयास गर्ने बताइएपनि सहमतिको समयसीमा नाघि सकेकाले आज प्रतिवेदन बुझाउनै पर्ने वाध्यता छ ।

तर बैठक ढिलो भएकोले आज सम्भव नभए भोलि प्रतिवेदन बुझाइने राजनीतिक सम्वाद समितिका सचिव तथा संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनु भएको छ ।

यसैवीच शनिवार साँझको बैठकबाट सङघीयता र शासकीय स्वरुपलगायतका विवादित सवालमा सत्तारुढ दल कांग्रेस र एमालेको साझा धारणा बनाउँदै गरेको सहमतिपत्रमा आज हस्ताक्षर गर्ने तयारी भएको बुझिएको छ।