शनिबार, बैशाख १५, २०८१

गएराती लमजुङमा एकै परिवारका चारजनाको हत्या

lamjung_20141001112207लमजुङ असोज १५ लमजुङको भोटेओडार गाउँ विकास समिति वडा नंं ४ मा गएराति एकै परिवारका चारजनाको हत्या भएको छ । भोटेओडारको पिप्लेस्थित रेग्मी गाउँका ६० वर्षीय अर्जुनप्रसाद रेग्मी, उनकीrime धर्म छोरी ३५ वर्षीया रीना घिमिरे, १४ वर्षीया छोरी ज्योति रेग्मी र १२ वर्षीय धर्म नाति विकास घिमिरेको हत्या भएको हो । चारै जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।

रेग्मी र नाति घिमिरे एउटा र दुई छोरी अर्को खाटमा सुतिरहेको अवस्थामा उनीहरुको हत्या गरिएको प्रहरीले जनाएको छ । भारतमा नोकरी गर्ने रेग्मी दुई दिनअघि असोज १३ गतेमात्र दसैँ मान्न घर आएका स्थानीयले बताएका छन् ।

आज बिहानै दसैँको खसी काट्ने तयारीका बारे बुझ्न जाँदा घरमा कोही नबोलेकाले घरको ढोका खोलेर हेर्दा रेग्मीको हत्या भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरीले घटनास्थलमा पुगी आवश्यक अनुसन्धान सुरु गरेको छ । घटनाको थप अनुसन्धानकालागि घटनास्थलमा डीआइजी बम बहादुर भण्डारीसहित प्रहरीको विषेश टोली पुगेको जनाउँदै अनुसन्धानका लागि तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको प्रहरीले जनाएको छ।