शनिबार, बैशाख १५, २०८१

१२ औं महाधिवेशनबाट निवार्चित सवै तह र तप्काका काँग्रेस पदाधिकारीको पदावधी १ वर्ष थपियो

काठमाडौ भाद्र ३०,  नेपाली काँग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकले गाउँ तहदेखि केन्द्रीय तहसम्मका पदाधिकारीको म्याद एक वर्ष थप्ने निर्णय गरेको छ । काँग्रेसको १२ औं महाधिवेशनबाट निवार्चित पार्टीको विधानअनुसार सबै तहको पदाधिकारी तथा सदस्यको अवधि आगामी असोज ४ गतेसम्म मात्र रहेकाले आजको बैठकले  २०७२ असोज ४ गतेसम्मका लागि म्याद थप गरेको हो ।

प्रधानमन्त्री एवम् पार्टी सभापति सुशील कोइरालाको सभापतित्वमा पार्टी मुख्यालय सानेपामा बसेको बैठकले मुलकको पछिल्लो स्थिती ,शान्ति प्रक्रिया, संविधानसभाको गठन, संविधानसभाका विभिन्न समितिको गठनलगायत विषयमा पार्टी व्यस्त र सक्रिय रहनु परेकाले निर्धारित समयमा पार्टीको १३ औ महाधिवेशन महाधिवेशन सम्पन्न गर्न सम्भव नभएको निष्कर्ष सहित सवै तह र तप्काका पदाधिकारीहरुको म्याद थप गरेको हो ।10671355_317215581783953_2987805796030611469_n

त्यस्तै बैठकले सरकारद्वारा थप गरिएका ७२ नगरपालिकामा पार्टीको संरचना थप गर्ने निर्णय पनि गरेको छ । बैठकमा पार्टीका संरचना थप गर्ने कार्यसँगै क्रियाशील सदस्यताको समयावधि थप गर्ने विषयमा पनि छलफल भएकोपार्टी प्रवक्ता दिलेन्द्र बडूले जनकारी दिनु एको छ । बताउनुभयो ।
त्यस्तै प्रवक्ता बडूका अनुसार नेपाल विद्यार्थी सङ्घको महाधिवेशनको अर्को मिति तय गर्ने जिम्मेवारी पार्टीको निर्देशन समिति र विद्यार्थी विभागलाई दिइएको जानकारी दिदै सभापति कोइराला आउँदो असोज ३ गते संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क जाने भएकाले पार्टीको आगामी बैठक असोज ५ गते उपसभापति पौडेलको अध्यक्षतामा बस्ने तय भएको जानकारी दिनु भएको छ ।