शनिबार, बैशाख १५, २०८१

सुनसरी काँग्रेसद्वारा आन्दोलनको घोषणा

इटहरी श्रावण ३, नेपाली काँग्रेस सुनसरीले तीन दिने आन्दोलनको घोषणा गरेको छ । तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङसहितका युवालाई प्रहरीले नियन्त्रणमा nc jhandaलिई झुट्ठा मुद्दामा फसाउने कार्य गरेको भन्दै आन्दोलनको घोषणा गर्नु परेको पार्टीका जिल्ला सचिव केदार भण्डारीद्वारा जारी प्रेस विज्ञप्ति जनाइएको छ ।

घोषणा आन्दोलनका कार्यक्रम अनुसार आज एकदेखि २ बजेसम्म र भोलि र पर्सी एक÷एक घण्टा बढाएर सुनसरी जिल्लामा सम्पूर्ण यातायातका साधन बन्दको घोषणा लगायतका कार्यक्रम रहेको छ ।  प्रहरीले युवा नेता गुरुङसहित छजना युवालाई नियन्त्रणमा लिई अनावश्यक आरोप लगाएर कारबाही चलाइरहेकाले त्यसको विरोधमा बन्द गर्नुपरेको भन्दै यसबाट सर्वसाधारणमाथि पर्न जाने समस्याप्रति काँग्रेसले दुःखसमेत व्यक्त गरेको छ ।