शनिबार, बैशाख १५, २०८१

समूह बिर्सेर अघि बढ्ने अध्यक्ष ओलीको प्रतिवद्धता

काठमाडौँ, श्रावण १, नेकपा (एमाले)को नवौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीलगायतका पदाधिकारीलाई आज प्रमाणपत्र प्रदान गरिएको छ । पार्टी मुख्यालय बल्खुमा आज आयोजित एक कार्यक्रमका वीच निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासीले उहाँहरुलाइ प्रमाणपत्र , तथा पद हस्तान्तरण सहित ३३ kp oli_20140715064012बुँदे घोषणापत्र जारी गर्दै अजबाट समापन भएको छ ।

कार्यक्रममा निवर्तमान अध्यक्ष झलनाथ खनालले नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीलाई बैठक पुस्तिका प्रदान गरी पदभार हस्तान्तरण गदै निर्वाचनको क्रमम अध्यक्ष ओली, निवर्तमान अध्यक्ष खनाल र नेता माधवकुमार नेपालवीच जे जस्तो समूहगत प्रतिस्पर्धा विभिन्न घटनाक्रम घटे पनि भए पनि अबका दिनमा ति घटनाक्रमलाइ बिर्सेर पार्टीलाई एकताबद्ध बनाउँदै मुलुकका सामु उत्पन्न चुनौतीको सामना गर्न जोड दिनुभएको छ ।

त्यस्तै नवनिर्वाचित अध्यक्ष ओलीले पार्टीलाई सफल र देशलाई अगाडि बनाउने काममा आफू लाग्ने बताउँदै निर्वाचनको समूह बिर्सेर आफ्ना काँधका अभिभारा सम्झेर अघि बढ्ने प्रतिवद्धता प्रकट गर्नु भएको थियो ।