बुधबार, बैशाख १२, २०८१

तत्काल सरकार परिवर्तन नहुने राणाको दाबी

भक्तपुर, आषाढ ३२, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले एमालेमा नयाँ नेतृत्व आएपनि सरकारको समीकरणमा परिवर्तन नहुने बताउनुभएको छ । pasupati  s ranaरफत सञ्चार क्लव भक्तपुरले आज  आयोजना गरेकोे साक्षात्कार कार्यक्रममा नेता राणाले तत्काल सरकार परिवर्तन नहुने दाबी गर्नुभयो ।

ओली एमाले अध्यक्षमा निर्वाचित हुँदैमा राष्ट्रिय राजनीतिमा पनि कुनै फरक नपर्ने उहाँले बताउनुभयो ।  अध्यक्ष राणाले पार्टीभित्रका केही समूहले पार्टीलाई विखण्डनतर्फ लैजान खोजिरहेको बताउँदै सूर्यबहादुर थापाले केन्द्रीय समितिमा पार्टी अध्यक्ष त्यागेपछि १०३ मा ८२ सदस्यले आफूलाई अध्यक्ष बनाएको दाबी गर्नुभयो । पार्टीलाई मिलाउन खोज्दाखोज्दै केही साथीले निर्वाचन आयोगको ढोका घच्चघच्याउनु उचित नभएको उहाँको भनाइ थियो ।