शुक्रबार, बैशाख १४, २०८१

नेकपा एमाले महाधिवेशनमा मतदान सुरु

काठमाडौँ आषाढ २७, नेकपा (एमाले) को नयाँ नेतृत्वका लागि आज साँझ ५ बजेदेखि मतदान सुरु भएको छ । मतदाता परिचयपत्र र मतपत्र UML_Logo_9_th_Congressछपाइमा सयम लागेका कारण आज बिहानदेखि सुरु गर्ने भनिएको मतदानमा ढिलाइ भएको हो ।

मतपत्रमा पार्टी प्रमुख निर्वाचन आयुक्त सोमनाथ अधिकारी प्यासीले हस्ताक्षर गरिसक्नुभएकाले मतदान सुरु गरिएको केन्द्रीय निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले बताउँदै निर्वाचनमा पहिलो मतदान पार्टी अध्यक्ष झलनाथ खनाल, अध्यक्षका प्रत्याशीद्धय वरिष्ठ नेता माधवकुमार नेपाल र नेता केपी शर्मा ओलीले गर्नुभएको बताउँनु भएको छ।