बुधबार, बैशाख ५, २०८१

आजदेखि बैद्य माओवादीको केन्द्रीय समितिको बिस्तारित बैठक

काठमाडौँ आषाढ२८, नेकपा–माओवादीको आजबाट केन्द्रीय समितिको बिस्तारित बैठक बस्ने भएको छ । केन्द्रीय समितिमा पूर्ण केन्द्रीय सदस्यमात्रै सहभागी रहेकोमा cpn-maoistविस्तारित बैठकमा केन्द्रीय सल्लाहकार र वैकल्पिक केन्द्रीय सदस्यहरूसमेत सहभागी हुनेछन् ।

बैठकमा माओवादी अध्यक्ष मोहन वैद्यले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्ताव र त्यसमा असहमति जनाउँदै सचिव नेत्रविक्रम चन्दले फरक प्रस्ताव पेस गर्नुभएपछि प्रस्तुत विषयमा थप छलफलका लागि आज बाट विस्तारित बैठक बोलाएको सम्बद्ध स्रोतले जनाएको छ

स्रोतका अनुसार बैठकमा अध्यक्ष वैद्यले जनयुद्धको जगमा जनविद्रोह’को कार्यदिशासहितको प्रस्ताव प्रस्तुत गर्नुभएकामा त्यसमा असहमति जनाउँदै सचिव चन्दले प्रस्तुत गर्नु भएको जनयुद्धको निरन्तरतामा जनविद्रोहको कार्यदिशाको प्रस्तावले ठूलै हलचल आएको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु