शनिबार, बैशाख १५, २०८१

काँग्रेस वैठकमा सांसद कोषको  रकम बढाउने प्रस्ताव पारित

निर्धारित समयमा संविधान लेखन स्थानीय निकायको निर्वाचनका  मुद्धामापनि विशेष ध्यान दिनुपर्नेमा महामन्त्री  सिंहको जोड 

काठमाडौ आषाढ २०, नेपाली काँग्रेसले सांसद विकास क्षेत्र कोषको रकम बढाउन सांसदहरूले उठाउँदै आएको मागलाई संवोधन गर्न व्यवस्थित एवं पारदर्शी ढंगले खर्च सञ्चालन सहितको निर्देशिका बनाई कोषको रकम बढाउने प्रस्तावलाई पारित गरेको छ । केही दिनदेखि जारी रहेको नेपाली काँग्रेस nc jhandaकेन्द्रीय समिति एवं संसदीय दलको आजको वैठकले उक्त प्रस्तावलाई पारित गरेको हो ।  बैठकमा सांसदहरूले सांसद क्षेत्र विकास कोष अन्र्तगत एउटा निश्चित संयन्त्र बनाई हाल दिईदै आएको रकमलाई बढाएर पाँच करोड रुपैया पु-याउनुपर्ने माग गर्दै आएका छन् ।

वैठकमा नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले सो सम्बन्धमा सरकारको प्रतिबद्वता आईसकेको तथा यसको पारदर्शी एवं व्यवस्थित ढंगले खर्च सञ्चालन सम्बन्धमा कुनै अवगाल नआउने गरी निर्देशिका बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । क्षेत्र विकासको रकम राम्रो आर्थिक सञ्चालन कार्यविधि बनाएर खर्च गर्नुपर्छ, जिविस मार्फत स्थानीय निकायसँग पनि समन्वय गर्नुपर्छ, कार्यवाहक सभापति पौडेलले भन्नुभयो । उहाँले भातृसंस्थाहरूको निर्वाचन तथा पार्टीको संसदीय कार्यसमिति बनाउने कार्यलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

त्यस्तै वैठकमा उपप्रधानमन्त्री एवं पार्टी महामन्त्री प्रकाशमान सिंहले सांसद विकास कोषको रकम निर्वाचित सांसदको संयोजकत्वमा समानुपातिकतर्फका सभासदलाई समेत सहभागी बनाएर एउटा संयन्त्र बनाएर दिनुपर्ने धारणा राख्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।   साथै उपप्रधानमन्त्री सिंहले निर्धारित समयमा संविधान लेखन एवम स्थानीय निकायको    निर्वाचन लगायतका  मूल मुद्धाहरुलाई पनि  नेतृत्वले   विशेष ध्यान दिनुपर्नेमा उहाँले विशेष जोड दिनु भएको बुझिएको छ ।