शनिबार, बैशाख १५, २०८१

द.कोरियालाई हराउँदै अल्जेरियाले आफ्नो स्थिती मजवुत बनायो ,पोर्चुगल र अमेरिकाले अङक बाँडे

काठमाडौं आाषाढ ९, विश्वकप फुटबल महासङग्राम अन्र्तगत गएराति भएको खेलमा दक्षिण कोरियालाई २ का विरुद्ध ४ गोलले पराजित गर्दै अल्जेरियाले अन्तिम १६ पर्ने सम्भावनालाई जिवितै राखेको छ भने पोर्चुगल र अमेरिकाले २– २ गोलको बराबरी खेलेका छन् ।

यसैवीच आज विश्वकप फुटबल अन्तर्गत राती पौने १० बजे समूह ‘बी’ बाट अष्ट्रेलिया र स्पेन तथा नेदरल्याण्ड्स र चिली भिड्दै छन् । यसअघिका दुवै खेलमा पराजित हुँदै साविक विजेता स्पेन र अष्ट्रेलिया प्रतियोगिताबाट बाहिरिइसकेका छन् ।

राति पौने १ बजे ब्राजिल र क्यामरुन तथा क्रोएसिया र मेक्सिको भिड्दै छन् । यसअघिका खेलमा ब्राजिलले क्रोएसियालाई हराउँदा मेक्सिकोसंग बराबरी खेलेको थियो । त्यसैगरी क्यामरुनले ब्राजिल र मेक्सिकोसंग हार बेहोरेको थियो ।