शुक्रबार, चैत्र १६, २०८०

नेदरल्यान्ड्स, ब्राजिल र मेक्सिको विश्वकप फुटबलको नकआउट चरणमा

काठमाडौं आषाढ १०, विश्वकप महासंङग्राम अन्र्तगत लिग चरणको अन्तिम खेलमा सोमबार चिलीलाई २-० गोलले हराउँदै नेदरल्यान्ड्स बी Fifa2014WorldCupQualifiersसमूहचरणको विजेता बनेको छ। नेदरल्यान्ड्स र चिली समूहगत चरणको अन्तिम खेल खेल्नुअघि नै नकआउट चरणमा पुगिसकेका थिए। विश्वकपको साविक विजेता नेदरल्यान्ड्सले समूहगत चरणका तीनवटै खेल जित्दै नौ अंक हात पारेको छ । पार्‍यो। उपविजेता बनेको चिलीले भने दुई खेलमा सफलता हात पार्दै ६ अंक जोडेको छ ।
त्यस्तै समूह ए विजेता बन्दै ब्राजिल र मेक्सिको विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । घरेलु टोली ब्राजिल मंगलबार विहान भएको समूह चरणको अन्तिम खेलमा क्यामरुनलाई ४-१ गोल अन्तरले पराजित गर्दै समूह एको विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ । सोही समयमा क्रोएसियालाई ३-१ ले हराएको मेक्सिकोको समान ७ अंक भएपनि गोल अन्तरका आधारमा समूह उपविजेता बन्यो । अब क्वाटरफाइनल प्रवेशका लागि ब्राजिलले समूह बीको उपविजेता चिलीसँग खेल्नेछ  र मेक्सिकोले नेदरल्याण्डसको सामना गर्नेछ । ।