शनिबार, बैशाख १५, २०८१

एमालेको नेतृत्व पुरानो पुस्तामा फर्कनु न्याय सङगत हुन्न् : केपी ओली

काठमाडौँ ज्येष्ठ २०, बैंककस्थित बुमरुङगार्ड अस्पतालमा फंगल मेनेन्जाइटिसको एक महिना लामो उपचारपछि एमाले संसदीय दलका नेता केपी ओली मंगलबार स्वदेश फर्किएका छन् । मेनिनन् जाएटिसको समस्या भएका ओली स्वास्थ्यमा सुधार भएपछि स्वदेश फर्किएको हो ।

स्वदेश फर्किर्ने क्रमम त्रिभवन अन्तराष्ट्रिय विमानस्थल पत्रकारसँग कुरा गर्दै नेता ओलीले पार्टीको आसन्न् महापधवेशनमा सहमतिमै नेतृत्व चयन गर्ने बताउँदै महाधिवेशअघि बहस र विवाद हुनु स्वभाविक भए पनि पछि सबै विवाद समाधान हुने बताउँनु भएको छ ।

त्यस्तै नेता ओलीले अब नेतृत्व कुनै पनि हालतमा पुरानो पुस्तामा फर्कनु न्याय सङगत नभएको भन्दै एमालेको नेतृत्व नयाँ पुस्ताले गर्ने बताउँनु भएको छ । ओलीको स्वागतका लागि एमालेका सयौं नेता तथा कार्यकर्र्ता विमानस्थल पुगेका थिए ।