बिहिबार, बैशाख १३, २०८१

एमाले नेता ओली उपचारपछि आज स्वदेश फर्कंदै

kp oliकाठमाडौं ज्येष्ठ २०, बैङ्ककमा स्वास्थ्य उपचारपछि एमाले संसदीय दलका नेता केपी शर्मा ओली आज स्वदेश फर्कने भएका छन् । मध्यान्ह् १२ बजेपछि नेता ओली काठमाडौं आइपुग्ने उनको निजी सचिवालयले जनाएको छ । नेता ओली उपचारका लागि बैशाख दोस्रो साता बैंकक प्रस्थान गरेका थिए ।

पूर्णरुपमा स्वास्थ्यलाभ गरी फर्कन लागेका नेता ओलीलाई स्वागत गर्न सयौं एमाले कार्यकर्ता विमानस्थल पुग्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । स्वदेश फर्किएपछि नेता ओली महाधिवेशनका लागि सक्रिय हुने बताइएको छ ।